लण्डन । जापानका नयाँ प्रधानमन्त्रीमा योशिहिदे सुगा निश्चित भएका छन् ।
जापानको सत्तारुढ पार्टीभित्र नयाँ नेताका लागि भएको निर्वाचनमा सुगा निर्वाचित भएपछि उनी प्रधानमन्त्री हुने निश्चित भएको हो ।
जापानका वर्तमान प्रधानमन्त्री सिन्जो आवेले गत महिना स्वास्थ्यको कारण देखाउँदै राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको थियो ।
७१ वर्षीय सुगा आवेका निकट मानिन्छन् ।
लिवरल डेमोक्र्याटिक पार्टीको नयाँ नेताका लागि भएको मतदानमा सुगाले कुल ५३४ मतमध्ये ३७७ मत पाएका छन् ।
बीबीसीका अनुसार बुधबार जापानी संसद डायटमा हुने निर्वाचनमा उनी प्रधानमन्त्री सहजै चुनिने छन् ।
सुगाले सन् २०२१ को सेप्टेम्बरसम्म प्रधानमन्त्री सम्हाल्ने छन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल