पोर्टल्याण्ड । अमेरिकी पश्चिमी तटीय क्षेत्रमा डढेलोका कारण आइतबारसम्म २७ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डढेलो प्रभावित क्यालिफोर्निको भ्रमण गरी आपतकालीन सेवा प्रदायक निकायका अधिकारीलाई भेटी डढेलोबाट भएको क्षतिबारे जानकारी लिनुहुनेछ ।
डढेलोको प्रभाव क्यालिफोर्निया, ओरेगोन र वासिङ्टन वरपरका धेरै क्षेत्रमा डढेलो अझै फैलिने चेतावनी अमेरिकी अधिकारीले दिएका छन् ।
ओरेगोन विगत २४ घण्टामा चार र यो सातामा कूल १९ जनाको डढेलोका कारण मृत्यु भएपछि सरकारले विमानको सहायतामा विभिन्न जङ्गल क्षेत्रमा करिब २० हजार थप अग्निनियन्त्रकलाई खसालेको छ ।
क्यालिफोर्नियामा करिब चारमहिने तातो तथा सुख्खा मौसम आउनुपूर्व नै अघिल्ला वर्षहरूको तुलनामा धेरै क्षेत्रमा डढेलोको प्रभाब देखिएको छ । अमेरिकी राज्यहरूमा लागेका दुई ठूला डढेलोले आइतबारसम्ममा करिब २० करोड हेक्टर अर्थात् न्यू जर्सी राज्यको क्षेत्रफल बराबर क्षेत्र विनास गरेको अधिकारीहरूले बताएका छन् ।
डढेलो प्रभावित क्षेत्रमा उद्धारकर्मीले हृदय विदारक घटनाहरू देख्ने गरेको बताएका छन् । शनिबार एउटा कारमा डढेलोबाट बच्न भाग्दैगर्दा तातो सडकले टाएर पग्लिएपछि एउटा कुकुरलाई काखमा राखेकै अवस्थामा एक १४ वर्षीय बालकको मृत्यु भएको घटना सामाजिक सञ्जालहरूमा भाइरल भएको थियो ।
अरेगोनका गभर्नर केट ब्राउनले भन्नुभयो, “उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस हराइरहेका बताउनुभएको छ । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।”
राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताउनुभयो । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।
ब्राउनले भन्नुभयो, “डढेलोका कारण ४० हजार ओरेगोनियालीलाई घरबाट सुरक्षित स्थलमा सारिएको छ । साथै करिब पाँचलाख व्यक्तिहरू डढेलोका कारण असुरक्षित रहेका छन् । उनीहरूलाई तयारी अवस्थामा रहन निर्देशन गरिएको छ ।”
मौसममा देखिएको परिवर्तनका कारण ओरेगोनमा लागेको विशाल डढेलोलाई निभाउने प्रयासमा अग्निनियन्त्रक अधिकारीहरूलाई राहत मिलेको बताइएको छ । सयौं अग्निनियन्त्रक समूहले दुई ठूला डढेलो नियन्त्रणका लागि अनवरत सङ्घर्ष गरिरहेका बताइएको छ ।
दुई चार दिन मौसममा केही चीसोपन आउँदा अग्नि नियन्त्रणका लागि खटिएका अधिकारीले राहत महशुुस गरेको बताउँदै आएका भएपनि सोमबारदेखि मौसम प्रतिकुल हुने खबरले गर्दा डढेलो नियन्त्रणका लागि थप केही समय लाग्ने अनुमान गर्न थालिएको छ ।
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
अक्टुबरको पलेँटीमा आउनुहुँदै ज्ञानु राणा
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण