नयाँदिल्ली । भारतमा कोरानाभाइरसबाट दैनिक सङ्क्रमितहरुको संख्या अहिलेसम्मकै सवैभन्दा धेरै पुगेको छ ।
सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा ९६ हजार ५५१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
सोही अवधिमा भारतमा कोरोनाकै कारण एक हजार २०९ जनाको मृत्यु भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । भारतमा अहिलेसम्म कुल ४५ लाखभन्दा बढी सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले देशभरी कुल ४५ लाख ६२ हजार ४१५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । कुल सङ्क्रमित मध्ये नौ लाख ४३ हजार ४८० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३५ लाख ४२ हजार ६६४ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।
भारतमा अहिलेसम्म कोरोनाभाइरसकै कारण मृत्यु भएकाहरुको संख्या ७६ हजार २७१ पुगेको अधिकारीहरुले शुक्रबार जनाएका छन् ।भारतका प्रदेशहरु मध्ये सवैभन्दा धेरै महाराष्ट्र प्रदेश प्रभावित भएको छ । महाराष्ट्र प्रदेशमा मात्रै अहिले पनि दुई लाख ५३ हजार एक सय मानिस कोरोनाभाइरसबाट प्रभावित भएका सक्रिय सङ्क्रमित रहेका छन् ।
महाराष्ट्रमा मात्रै अहिलेसम्म कुल छ लाख ८६ हजार ४६२ जना सङ्क्रमित भएका छन् भने अरु २७ हजार ७८७ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । त्यसैगरी दोस्रो धेरै प्रभावित भएको आन्द्र प्रदेशमा ९७ हजार २७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् । यस प्रदेशमा अहिलेसम्म कुल चार लाख २५ हजार ६०७ जना सङ्क्रमित भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भएको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल