सउल । दक्षिण कोरियामा नेपालीलाई पहिलो पटक कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । यहाँको चोङ्नामस्थित हानुल नोङ्सान नामक एक फुड कम्पनीमा कार्यरत १८ नेपालीमा सङ्क्रमण पुष्टि भएको दक्षिण कोरियाको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।
कम्पनीमा कार्यरत २० वर्षीया नेपाली युवतीले आफूलाई असहज महसुस गरेपछि कोरोना परीक्षा गराएकी थिइन् । परीक्षणपछि उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सँगै कार्यरत अन्यको पनि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित १८ जनाकै उपचार भइरहेको र उनीहरूसँगै काम गर्ने तथा सँगै बस्ने अन्य २६ जनालाई आइसोलेशनमा राखिएको छ । उनीहरूसँंग सम्पर्क भएको भनिएका १३१ जनाको पनि परीक्षण भइरहेको सरुवा रोग नियन्त्रण विभागले जनाएको छ ।
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
इरानलाई ४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह