निकोसिया । युरोपेली आयोगले कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा सम्झौता गरेको बताइएको छ । बताइएअनुसार उक्त खोप बनाएको भनिएको फर्मास्युटिकल कम्पनी आस्ट्रा जेनेकासँग सो सम्झौता गरेको हो ।
युरोपेली आयोगका स्वास्थ्य तथा खाद्य सुरक्षासम्बन्धी प्रमुख स्टेला क्रियाकिदेशले उक्त कोभिड १९ को खोप निर्माण गरिरहेको कम्पनीसँग खोप किन्ने विषयमा बिहीबार सो सम्झौता गर्नुभएको हो ।
प्रमुन निकोसियाले उक्त कम्पनीसँग खोप खरिद गर्ने विषयमा आफूले सम्झौतामा हस्ताक्षर गरेको एक टेलिभिजन सम्बोधनका क्रममा जानकारी दिनुभएको हो । सो सम्बन्धी सम्झौतापत्रमा बिहीबार आयोगको कार्यालय परिसरमा नै हस्ताक्षर भएको पनि उहाँले बताउनुभयो ।
यो सम्झौता पत्रमा उक्त कम्पनीसँग युरोपेली आयोगले ३० करोड भायल खोप किन्ने बारेमा सहमति गरेको हो । उक्त खोप युरोपेली युनियनले खरिद गर्न सक्नेछ । सम्झौता पत्रमा उक्त खोपहरु युरोपेली युनियनका सदस्य राष्ट्रहरुले नै खरिद गर्न पाउने छन् । उक्त कम्पनीले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर सो खोप उत्पादन गर्ने बताएको हो । यो खोप कोरोना भाइरसका विरुद्धमा दिइने छ ।
उक्त खोप ट्रायलमा रहेको छ । कोभिड १९ का खोपहरु अरु देशहरुले पनि विकास गरिरहेको बताएका छन् तर पनि अरुभन्दा यो बढी प्रभावकारी देखिएको बताइन्छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त