क्राइस्टचर्च । न्यूजिल्यान्डका दुईवटा मस्जिदमा गोली चलाएर त्यहाँ प्रार्थनारत ५१ जनाको हत्यामा दोषी ठहर गरिएका व्यक्तिलाई जन्मकैदको सजाय दिइएको छ ।
न्यायाधीश क्यामरुन म्यान्डरको इजलासले अस्ट्रेलियाका २९ वर्षीय बन्दुकधारी ब्रेन्टोन ह्यारिसन टारान्तमाथि न्यूजील्यान्डको कानुन बमोजिम व्यक्तिहत्याका दोषीमाथि हुने सबैभन्दा बढी सजाय बिहीबार सुनाउनु भएको हो ।
फैसला सुनाउँदै न्यायाधीश म्यान्डरले भन्नुभयो, “तिम्रा कार्यहरु अमानवीय थिए । तिमीले तीन वर्षका शिशुलाई पनि जानीबुझी हत्या गरेका थियौ ।”
मार्च २०१९ मा अल नूर र लिनउड नामका दुई मस्जिदमा प्रार्थनाका लागि भेला भएका मुस्लिम समुदायमाथि लक्षित गरी टारान्टले अन्धाधुन्ध गोली चलाएका थिए । सरकारले उक्त घटना लगत्तै एक कानुन पारित गरी अर्ध–स्वचालित हातहतियार व्यक्तिले घरमा राख्न वा बोक्न नपाउने गरी प्रतिबन्धको घोषणा गरेको थियो ।
आक्रमणकारी टारान्टले मस्जिदभित्र गरेको नरसंहारको फेसबुकबाट प्रत्यक्ष प्रशारण पनि गरेका थिए ।
चारदिनसम्म चलेको सुनुवाईका क्रममा ९० जना पीडित र उनीहरुका परिवारजनले उक्त घटनाको स्मरण गरेका थिए । अदालत बाहिर भेला भएका उनीहरुले टारान्ट शैतान रहेको बताएका थिए । कतिपयले कुरान पाठ गरेका थिए ।
टारान्टले न्यायाधीश समक्ष आफूले केही नबोल्ने बताएका थिए । आफ्ना वकील समेत हटाएका टारान्टले आफू विरुद्ध सुनाइएको सजाय स्वीकार्य रहेको बताएका थिए ।
न्यायाधीश म्यान्डरले मस्जिदमा गरिएको आक्रमणप्रति कुनै पश्चाताप नगरेको पनि बताउनुभयो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा