नयाँ दिल्ली । भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १ हजार ५९ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ ।
भारतमा कोरोना भाइरस सङ्क्रमतिको कुल संख्या ३२ लाख ३४ हजार ४७५ पुगेको छ । तीमध्ये हाल सात लाख ७ हजार २६७ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् ।
हाल सङ्क्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शाररिक अवस्थाअनुसार अस्पताल र घरमा क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २४ लाख ६७ हजार ७५९ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।
कोरोना सङ्क्रमण शुरु भएयता भारतमा यस रोगबाट ५९ हजार ४४९ जनाको मृत्यु भएको छ । भारतको महाराष्ट्र राज्यमा १ लाख ६६ हजार २३९ कोरोना पोजेटिभ अवस्थामा रहेका छन् । भारतको अरु राज्यमा तुलना महाराष्ट्र सबभन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ ।
त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ८९ हजार ९३२ जनामा अहिले पनि कोरोना भाइरस सङ्क्रमण अवस्थामा रहेको छ ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त