चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लि चेनले चीन र अमेरिकाबीचको सम्बन्धमा गम्भीर समस्या देखापरेको बताएका छन । उनले यसको जिम्मेवार सम्पूर्ण रुपमा अमेरिका रहेको पनि दावी गरेका हुन । सोमबारको नियमित पत्रकार सम्मेलनमा उहाँले अमेरिकी परराष्ट्र मन्त्री माइक पोम्पेओले हालै दिएको एक अन्तर्वार्ताप्रति लक्षित गर्दै उक्त भनाई राखेका हुन ।
पोम्पेओले अमेरिका र चीनबीच शित युद्ध भैरहेको छ कि भन्ने प्रश्नमा यसको समस्या चिनियाँ कम्युनिष्ट पार्टीले जन्माएको धारणा व्यक्त गर्नु भएको प्रसँगलाई लिएर चीनको उक्त भनाइ आएको हो । पत्रकारहरूसँगको नियमित भेटमा प्रवक्ता चाउले भने, “अमेरिकी केही राजनीतिज्ञहरुले एकपक्षीय रुपमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै हिंसात्मक रूपमा चीनको आन्तरिक तथा विदेशी नीतिलाई बदनाम गरेका छन् । जसबाट अमेरिका–चीनबीचको आपसीसम्बन्धमा समस्या आएको छ ।”
उउने भने, “सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको लक्ष्य जन गणतन्त्र चीनको महान पुनरुत्थानको सपनालाई साकार तुल्याउने हो । चीनले विश्वको कूल ग्राहस्थ उत्पादन मात्राका लागि लगातार दश वर्षसम्म ३० प्रतिशतभन्दा बढी योगदान गर्दै आएको छ ।” उनले चीनको ‘बेल्ट एण्ड रोड’ प्रस्ताव वर्तमान विश्वले अत्यधिक स्वागत गरेको सबैभन्दा ठूलो परिमाणको आर्थिक सहयोगको कार्यक्रम बनेको बताए ।
चीनको विकासबाट डराएका कतिपय शक्तिहरूले चीन र चिनियाँ कम्युनिष्ट पार्टीलाई बदनाम गर्ने गतिविधिबाट चीनको सफलता अभिव्यक्त भएको छ दावी गरेका छन ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी