ब्रासिलिया । कोरोना भाइरससँग लडिरहेको ब्राजिलमा गएको २४ घन्टाभित्र ३२ हजार जना भन्दा बढीको संख्यामा सङ्क्रमितहरु भेटिएका छन् । प्राप्त समाचारअनुसार यहाँ पछिल्लो २४ घण्टामा मात्र ३२ हजार ५५४ जना कोभिड १९ का सङ्क्रमित भेटिएका बताइएको हो ।
त्यसैगरी यहाँ गएको २४ घन्टामा एक हजार बढीको मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ १ हजार ५४ जनाको गएको २४ घन्टामा नै निधन भएको हो ।
यहाँ अघिल्लो दिनको तुलनामा सङ्क्रमितको संख्यामा भने कमी आएको बताइएको छ । प्राप्त समाचारमा अघिल्लो दिन ४५ हजार जनामा सङ्क्रमण देखिएकोमा २४ घन्टायता त्यसमा कमी आएको हो ।
अहिलेसम्म यहाँका संक्रमितको संख्या ३५ लाख ३६ हजार जना पुगेको बताइएको छ । यहाँका २६ लाख ७० हजार भन्दा बढी नागरिक भने निको भएर घर फर्र्किएका छन् ।
ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख १३ हजारभन्दा बढी पगेको बताइएको छ । यस संक्रमणबाट विश्वमा २ करोड ३१ लाख भन्दा बढी नागरिक संक्रमित भएका छन् भने ८ लाख ३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।
ब्राजिल अमेरिकापछि सबैभन्दा बढी सङ्क्रमित हुने देश हो । अमेरिकामा कोरोना भाइरसका करिब ५८ लाख मानिस सङ्क्रमित पाइएका छन् ।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?