पोर्चुगल । सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परि ज्यान गुमाएका परिवारका महिला तथा बालबालिकाहरुको सहयोगार्थ पोर्चुगलका नेपाली दिदीबहिनीहरुको साझा संस्था नेपाली महिला समाज पोर्चुगल मार्फत यसपालीको तीज मनाउने र दर खाने पैसा नगद रु ५० हजार पहिरो पीडितलाई सहयोग गर्ने भएका छन् ।
“नेपाली महिला समाजले विगत बर्षहरुमा पोर्चुगलमा सार्वजनिक कार्यक्रम गरी भव्य रूपमा तीज मनाउने र दर खाने गरेको थियो । तर यसपटक कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी सार्वजनिक रूपमा तीज मनाउने र दर खाने कार्यक्रम स्थगित गरी दर खाने र कार्यक्रम गर्ने पैसा पहिरो पीडित महिला दिदिबहिनी तथा बालबालिकाका लागि रु ५० हजार नगदै सहयोग पठाउने निर्णय भएको” महिला समाजकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।
कोरोना महामारीले रमाइलो गर्ने माहोल त छैन नै, अहिले पोर्चुगल सरकारको नीति निर्देशन बमोजिम तीज मनाउन जमघट र सार्वजनिक कार्यक्रम गर्नु उचित पनि छैन, त्यसैले हामी दिदीबहिनीहरुले दर खाने र तीज मनाउने सानै रकम भए पनि पहिरो पीडितलाई पठाउने भएका हौं, समाजकी महासचिव सरिता शर्माले जानकारी दिइन् । पैसा स्थानीय निकायका जनप्रतिनिधि मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिने तयारी रहेको समाजकी सचिव सरला तिमिल्सिनाले जनाइन् । कोरोना महामारीको चपेटाले सबैको स्थिति कठिन भएको बेला पनि तीज मनाउन तयार गरेको पैसा पहिरोले आहत भएको परिवारलाई केही राहत होस् भन्ने हेतुले प्रदान गर्न लागिएको र यसमा सहयोग गर्ने सबैमा कोषाध्यक्ष सुशीला थापाले धन्यवाद दिइन् । सहयोगदाताहरु सबैको नामावली केही दिनमा नेपाली महिला समाज पोर्चुगलको फेसबुक पेजमा प्रकाशित गरिने पनि उनले बताइन् ।
कोरोना महामारीको बीचमा तीज मनाउन तयार गरिएको रकम महिला समाज पोर्चुगल मार्फत पहिरो पीडितलाई दिने अत्यन्त उदारणीय र अनुकरणीय कार्य गरेको भनी पोर्चुगलको नेपाली समुदायले सघ सस्थाका अगुवाहरुले प्रशंसा र धन्यवाद दिएको पाइएको छ । नेपाली महिला समाज पोर्चुगललाई निर्मला ढकाल खराल, माया खराल, सरिता शर्मा, सरला तिमिल्सिना, सुशीला थापा, शान्ति अर्याल अधिकारी, शोभा गिरी, नानीमाया तामाङ, सुमित्रा दिवाली, सर्मिला ढुंगाना, सरस्वती पौडेल तिवारी, देवका थपलिया, गोमा गैरे देवकोटा, रितु सापकोटा, इन्दिरा परियार लगायतका महिलाहरुले नेतृत्व र अगुवाई गरिरहेका छन् ।
अहिले के छ लिदी पहिरोको अवस्था ? पहिरामा परी मृत्यु भएकाहरुमा हालसम्म शव फेला परेकामध्ये १५ पुरूष र १३ महिला छन् । तीमध्ये १४ बालबालिमा मात्रै छन् । पहिरामा ज्यान गुमाउने २८ जना पुगेका छन् । पहिरामा परेर ३९ जना बेपत्ता भएका थिए । पहिरामा हराइरहेकाहरूको खोजीमा नेपाली सेना र नेपाल प्रहरीका ६६ जना र स्थानीयवासी जुटेका छन् । एक्साभेटर ल्याउन सकिने अवस्था नरहेकाले पिक, साबेल र कोदालाका भरमा खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
प्रतिनिधिसभाको उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
शिक्षा तथा खेलकुदमन्त्रीसँग एनआरएनए टोलीको भेट
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त