क्यानबेरा । बेलायती–स्वेडिस फर्मास्युटिकल कम्पनी अस्ट्राजेनिकाले विकास गरिरहेको कोरोनाभाइरसको सम्भावित खोप खरिद गर्न सम्झौता गरिएको अस्ट्रेलियाले घोषणा गरेको छ ।
प्रधानमन्त्री स्कट मरिसनले अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोभिड–१९ को खोप सबै अस्ट्रेलियालीका लागि निःशुल्क वितरण गरिने बताए । तर यसका लागि उक्त खोपको क्लिनिकल परीक्षण सफल, सुरक्षित र प्रभावकारी हुनुपर्ने उनको भनाई थियो ।
प्रधानमन्त्री मरिसनले अक्सफोर्डको परीक्षण तेस्रो चरणमा प्रवेश गरेको र यो सफल हुन अझै धेरै काम गर्न बाँकी रहेको जानकारी दिए ।
उनले भने, “यदि यो खोप सफल प्रमाणित भए हामी तत्कालै उत्पादन गरेर २ करोड ५० लाख अस्ट्रेलियालीलाई निःशुल्क उपलब्ध गराउने छौं ।”
प्रधानमन्त्री मरिसनले अस्ट्रेलियाका छिमेकी मुलुकलाई पनि यो खोप उपलब्ध गराउन सकिने बताए । तर उनले यस सम्बन्धी विस्तृत विवरण दिन अस्वीकार गरे ।
उनले खोपका बारेमा इन्डोनेसियाका राष्ट्रपति जोको विडोडा, पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मारापे र फिजीका प्रधानमन्त्री फ्रान्क बैनीमारामासँग पनि हालै छलफल गरेका थिए ।
मरिसनले संवाददाताहरुलाई भने, “अस्ट्रेलियाले प्रशान्त क्षेत्रीय राष्ट्रहरुलाई मद्दत गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।”
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा