लण्डन । बोर्नमाउथ एण्ड पुल कलेजको आयोजना तथा युके नेपाल फ्रेण्डसीप सोसाइटी अन्तर्गतको नेपाल आर्ट इनिसियटिभ प्रोग्रामको आयोजनामा बुधबार डोेरसेटमा कलेज लेभलका स्थानीय विद्यार्थीहरुले नेपालबारे कला प्रदर्शनी गरेका छन् ।
१६ देखि १८ वर्ष उमेर समूहका ती विद्यार्थीहरुले विगत तीन वर्षदेखि नेपालबारे इन्टरनेट र सोसाइटीका अध्यक्ष एलान स्यांकाबाट नेपालबारे जानकारी लिएर कला सिर्जना गरेका हुन् ।
सो प्रदर्शनीमा बेलायतका लागि कार्यबाहक नेपाली राजदुत तेजबहादुर क्षेत्री, स्थानीय डोरसेट काउन्सिलका मेयर, गैर आवासीय नेपाल संघ युकेका सचिव अर्जुन कटुवाल, ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन कँडेल, युके नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष एलान स्यांका तथा कलेजका प्रिन्सिपल उपस्थित थिए । यसैगरी विद्यार्थीका अभिभावकहरु पनि सहभागी थिए ।
विद्यार्थीहरुले नेपालका हिमाल, बुद्ध र हिन्दु देव देवता तथा नेपाली कलासँस्कृतिबारे चित्र कोरेका थिए । त्यसैगरी नेपालका विभिन्न जातिका भेषभूषा, परिकार, घरायसी प्रयोगका भाँडावर्तनहरुका चित्र समेटेका थिए ।
नेपालमा सेता नश्लका मानिसलाई खैरे भनिन्छ भन्ने कुरालाई उनीहरुले सकारात्मक ढंगले उठाएका थिए । यसैगरी नेपालबारेका सामग्रीहरु कम्प्युटरबाट पनि देखाइएको थियो ।
कार्यक्रममा कार्यबाहक राजदुत क्षेत्रीले कलेज स्तरका विद्यार्थीहरुको यस्तो प्रयासबाट आफू प्रभावित भएको बताए । यस्ले नेपाललाई युवा पुस्तामाझ चिनाउन सहयोग गरेको उनको भनाइ थियो ।
कार्यक्रममा स्थानीय मेयर, एनअारएनए युकेका कटवाल, सोसाइटीका स्यांका र कलेजका प्रिन्सिपलले छोटाे मन्तब्य पनि दिएका थिए ।
सहकारी ठगी मुद्दा : रास्वपा सभापति लामिछानेलाई रिहा गर्न अदालतको आदेश
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालमा थप चार मन्त्री नियुक्त