सिंगापुर । सिंगापुरले कारोना भाइरसका कारण ह्रास भएको अर्थतन्त्रमा सुधार ल्याउनका लागि भन्दै ५ अर्ब ८० करोड अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गरेको छ ।
सिंगापुरका प्रधानमन्त्रीले गत मार्च महिनाबाट नै सुरु गरेको सो प्याकेजबारेमा मंगलबार जानकारी दिइएको समाचारमा जनाइएको छ ।
साउथ चाइना मर्निङ पोष्टले जनाएअनुसार सिंगापुरमा ह्रास भएको अर्थतन्त्रको सुधारका लागि भन्दै यहाँको सरकारले घोषणा गरेको यो आर्थिक प्याकेजको कार्यक्रम आगामी मार्च महिनासम्मका लागि भएको बताएको छ ।
सिंगापुरका उपप्रधानमन्त्री तथा अर्थमन्त्री हङ स्वी कायतले यो आर्थिक प्याकेजले यहाँका कम्पनीहरुलाई आफ्ना आर्थिक क्रियाकलापहरु गर्न तथा रोजगारमा असर परेका नागरिकलाई पुनः काममा बोलाउन पनि सहयोग पुग्न सक्ने अपेक्षा गरिएको बताउनुभयो ।
साउथ चाइना मर्निङ पोष्टले दिएको जानकारी अनुसार यहाँको पछिल्लो समयको बेरोजगार दरमा पनि बृद्धि भएको देखिएको छ ।
यहाँ पछिल्लो महिना २.९ प्रतिशतमा बेरोजगार दर पुगेको छ । यो दर यसै वर्षको जनवरीदेखि मार्चसम्मको भन्दा धेरै हो । त्यस अवधिमा यहाँको बेरोजगार दर २.४ प्रतिशत मात्र थियो ।
उपप्रधानमन्त्री कायतले सिंगापुर सरकारले यो राहतको कार्यक्रम मार्च महिनादेखि शुरु भएर आगामी वर्षको मार्च सम्मका लागि गरेको हो ।
यस अवधिमा यहाँ आर्थिक क्रियाकलापकरुलाई चलायमान बनाउन र उद्योग तथा कारखानाहरुमा गुमेका रोजगारीहरु पनि पुनर्स्थापना गर्न देशका उद्योग सञ्चालकहरुले पनि यो कोषको उपयोग गर्न सक्नेछन् ।
यो रकम यहाँको हवाई उड्डयनका साथै पर्यटन क्षेत्र र मजदुरहरुको ज्याला आदिका लागि पनि उपलब्ध गराइने उहाँले बताउनुभयो ।
विश्वको अर्थतन्त्रमा कोरोना भाइरसको महामारीले असर गरेसँगै यसको प्रभाव सिंगापुरमा पनि परेको छ । यहाँको अर्थतन्त्रलाई ध्वस्त हुन नदिन सरकारले यो प्रस्ताव गरेको बताइएको छ ।
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
सीएनसीबीजीको ग्रान्ड च्यारिटी डिनर नाइट सम्पन्न
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती