वाशिङ्टन । संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार वार्ताबारे शनिबार पूर्वसहमति अनुसार पहिलो चरणको व्यापार सम्झौताको बारेमा छलफल हुने कार्यक्रम छ ।
कोरोनाभाइरसले विश्व अर्थतन्त्रलाई प्रभावित पार्नु पहिले दुई आर्थिक शक्तिबीचको सम्बन्धमा समस्या देखिइरहेका समय पूर्व सहमति अनुसार छलफललाई अगाडि बढाउन लागिएको हो । विश्वका दुई प्रमुख अर्थतन्त्रबीच सन् २०२० मा उल्लेख्य व्यापार वार्ता तथा सम्झौता हुने अनुमान गरिएको थियो तर अपेक्षा अनुसार वार्ता अघि बढ्न सकिरहेको थिएन ।
वार्ताबारे अमेरिकी तथा चिनियाँ सरकार दुवैले एएफपीसँग पुष्टि गरेका छैनन् तर सम्झौताले हरेक छ महिनामा बैठक बस्ने प्रावधान अनुसार शनिबार वार्ता हुनेछ । यद्यपि यो वार्ताले खासै महत्वपूर्ण सहमति गरिहाल्ने विश्वास विश्लेषकहरूले लिएका छैनन् ।
महामारीले विश्वव्यापी वृद्धि र व्यापारमा ऐतिहासिक संकुचन निम्त्याएको छ । विश्लेषकहरूले सम्झौतामा ठूला परिवर्तनलाई नकारे पनि सम्झौताका लागि वाशिङ्गटन उत्प्रेरक हुनेछ भनेका छन् । “अहिलेसम्म चीन अपेक्षाकृत निष्क्रिय रहेको छ र संयुक्त राज्य अमेरिका तुलनात्मक रूपमा सक्रिय भएको छ,” एएनजेड बैंकका प्रमुख अर्थशास्त्री रेमण्ड येउङले भने, “मेरो विचारमा चीनबाट व्यापार, सहयोग वा बजार खोल्ने सन्दर्भमा धेरै परिवर्तन हुँदैन, मुख्य कुरा अझै पनि अमेरिकाको पक्षमा छ।”
वासिङटन र बेइजिङको जनवरी सम्झौताले महिनौँ लामो व्यापार विवादलाई आंशिक सहमतिमा पु¥याएको थियो । सम्झौता अनुसार आगामी दुई वषभित्र बेइजिङले थप दुई खर्ब अमेरिकी डलर बराबरको अमेरिकी उत्पादन आयात गर्ने सहमति भएको थियो । ती अमेरिकी उत्पादनमा कार तथा मेसिनरी समान, तेल र कृषिलगायत रहेका छन् ।
तर पछिल्ला केही महिना यता अमेरिका र चीनबीचको विवादका कारण चीनले अमेरिकाबाट प्रतिवद्धता अनुसार सामान खरिद गर्न सकेको छैन । अमेरिकामा आगामी नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा आउने नेतृत्वले अहिले हुने सम्झौतालाई सहज नस्वीकार्नसक्ने अनुमानसहित चीनले वार्ता गर्न खासै उत्साह नदेखाएको देखिन्छ ।
त्यस्तै अमेरिकी स्वेतहरूको मतले राष्ट्रपति बनेका डोनाल्ड ट्रम्पलाई चीनसँगको सम्बन्ध सुधारमा जति कडा बन्यो त्यतिफाइदा हुनसक्ने देखेर ट्रम्पले चीनसँगको वार्तालाई थाति राखेर अघि बढेको अमेरिकी राजनीतिक जानकारहरूले बेलाबेलामा बिचारहरू व्यक्त गर्ने गरेका छन् ।
शनिबार सुरू हुने व्यापार वार्ताले के दुबै पक्ष अहिले पनि सम्झौता अनुरूप अघि बढ्न तयार रहने छन् वा सम्बन्ध थप विग्रिने छ भन्ने देखाउने छ, समृद्ध चीनका लागि वित्तीय सेवाहरू प्रदान गर्ने आइएनजीका प्रमुख अर्थशास्त्री आरिस पाङले बताए ।
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने