
Pic : Kuwait skyline flat poster with awesome traditional buildings on the sea shore vector illustration
कुवेत – कुवेत सरकारले कोभिड-१९ को महामारीको कारण सृजित विषम् परिस्थितिलाइ मध्यनजर गर्दै कुवेत आउनु र कुवेत छोड्नु पर्दा पालना गर्नु पर्ने केहि नियमहरू परिवर्तन गरेको छ । कोरोना महामारीका कारण विश्वभरको जनजीवन अस्तब्यस्त भए संगै कुवेतले पनि मार्च १४ देखि बन्द गरेको व्यावसायिक उडानहरु आगामी अगस्ट १ तारिकबाट शुरु गर्ने भएको छ ।
त्यसैले कुवेतबाट आफ्नो देश जाने वा कुवेत आउने आप्रवासीहरुले निम्न कुराहरु अपनाउनु पर्ने जनाएको छ। कुवेत आउनु र कुवेत छोड्नु पर्दा निम्न कुराहरु परिवर्तन भएका छन् ।
कुवेत छोड्दा:
१.अगस्ट १ देखी कमर्सियल फ्लाइटमा जादा पिसिआर टेस्ट अनिबार्य, ४० केडी शुल्क लाग्ने ।
२. कुवेत एयरपोर्टमा वा यात्रा भर मास्क,गल्बस र सामाजिक दुरी कायम गर्नु पर्ने ।
३. कुवेतबाट डिपोर्ट गरिने यात्रीहरुले औषधि वा अत्याबश्यक सामानहरु बाहेक हाते ब्याग (ह्यान्ड क्यारी)लैजान नपाउने,तर बढिमा २० किलो सम्मका सामानहरु लगेजबाट पठाउन पाइने छ।
कुवेत आउँदा:
१. पिसिआर नेगेटिभ भएको रिपोर्ट बढीमा ३ दिन अबधीभित्र परिक्षण गरिएको हुनु पर्ने।
२. स्लोनिक(Shlonik) एप्स मोबाइलमा हुनु पर्ने ।
३. कुवेत आउँदा वा यात्रा भर अनी एयरपोर्टमा मास्क गल्बस र सामाजिक दुरी कायम गर्नु पर्ने।
४. कुवेत आए पछी यहाँको स्वास्थ्य निती मान्छु भनी सहमती पत्रमा हस्ताक्षर गर्नु पर्ने ।
५. १४ दिन होम क्वेरन्टाइन बस्नु पर्ने ।
भिसा सम्बन्धी
१. कुवेत बाहिर रहँदा भिसा सकिएमा नयाँ भिसा अनिबार्य लगाउनु पर्ने। भिसा लगाए पछी कुवेत मोबाइल आइडी एप्स डाउनलोड गरी स्मार्ट सिभिल आइडी वा नयाँ भिसा लगाएको प्रमाण देखाउनु पर्ने ।
२. घरेलु महिला कामदारहरुका हकमा ६० वर्ष माथिका कुवेत
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
बेलायतमा आगामी २४ मेमा २४ औं गोर्खा कप, मुख्य विधामा ३२ टिम दर्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त