नाइजेरिया ।अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिमस्थित दुर्गम स्थानमा डाकुहरुको समूहले बारुदी सुरुङ बिस्फोट गराएका कारण २३ जना नाइजेरियाली सैनिकको मृत्यु भएको छ ।
नाइजेरियाको काट्सिना राज्यको जिबिया जिल्लामा पैदल गस्तीमा रहेको सैनिक टोलीमाथि डाकुहरुले घेरा हालेर आक्रमण गरेको सेनाले जनाएको छ ।
सैनिक स्रोतले अरु केही सैनिक हराइरहेको जनाएको छ ।
यस क्षेत्रमा डाकाहरुको समूहले स्थानीयबासीका गाईवस्तु र अन्य धनमाल लुट्ने गरेका छन् । केही विज्ञहरुले यी डाकु समूहले इस्लामिक लडाकूसँग पनि साँठगाँठ गर्न थालेको दाबी गरेका छन् ।
लडाकू समूहका एक व्यक्तिले सेनातर्फ २३ जनाभन्दा बढीको मृत्यु भएको दाबी गरेका छन् । त्यही इलाकामा शनिबार एउटा बेवारिसे बम बिस्फोट हुँदा पाँच बालबालिकाको मृत्यु हुनुका साथै छ जना घाइते भएको काट्सिना राज्यका प्रहरी प्रवक्ताले बताएका छन् । उक्त बम डाकुहरुले छाडेको हुनसक्ने प्रहरीको अनुमान छ ।
नाइजेरियाका राष्ट्रपति मोहम्मदु बुहारीको समेत गृहराज्य रहेको काट्सिनामा बहुसंख्यक नागरिक चरम गरिब छन् । यही राज्यमा पछिल्ला केही वर्षदेखि शान्ति सुरक्षाको अवस्था अत्यन्त नाजूक बनेको छ ।
नाइजेरियाली सेनाले डाकुहरुले आश्रय लिने गरेको यस क्षेत्रको विशाल जंगलमा गस्ती बढाएको छ, तर सेनाको संख्या पर्याप्त नभएको स्थानीयको गुनासो छ । बरु स्थानीयबासी स्वयंले आत्मरक्षाका लागि ससाना समूह बनाएर गाउँको सुरक्षा गर्ने गरेका छन् ।
नाइजेरियाली यी डाकु समूहले सन् २०११ देखि यता आठ हजारभन्दा बढी व्यक्तिको हत्या गरिसकेका छन् भने दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतमा १५ मार्चदेखि पाँचौं ‘ए स्टार नेपाल बास्केटबल लिग’, १४ टिमले प्रतिस्पर्धा गर्ने