काठमाडौँ। माघ महिनामा मात्रै कम्तीमा दस महिलाको हत्या भएको छ। सञ्चारिका समूहले गत माघ १ देखि २९ गतेसम्म १४ वटा राष्ट्रिय दैनिक पत्रिकामा गरेको सञ्चार अनुगमन गर्दा १० जना किशोरी तथा महिलाको हत्या भएको भेटेको हो। 
समूहले राजधानीबाट प्रकाशित हुने कान्तिपुर, नागरिक, नयाँ पत्रिका, गोरखापत्र, हिमालय टाइम्स्, कारोबार, राजधानी, अन्नपूर्ण पोष्ट, नेपाल समाचारपत्र, कमाण्डर पोष्ट, नेपाली दैनिक तथा द काठमान्डु पोष्ट, रिपब्लिका, द हिमालयन टाइम्स, र द राइजिङ नेपाललगायतको दैनिक पत्रिकाबाट अनुगमन गरी उक्त तथ्य पत्ता लगाएको हो।
बलात्कार, यौन दुव्र्यवहार, घरेलु हिंसा, दाइजो, मानव बेचबिखन, हत्या, बहुविवाह, बोक्सी आरोप जस्ता परम्परागत तथा धार्मिक हिंसाबाट ती महिलाको मृत्यु भएको अनुगमनबाट पत्ता लागेको हो ।
त्यस्तै, गत माघ महिनामा नै १२ बलात्कार, १४ महिला बेचबिखनसम्बन्धी घटना घटेको सञ्चारिका समूहले जनाएको छ । समूहले सञ्चारमाध्यममा महिला हिंसाका समाचार के कति आएका छन् र समाजमा लैङ्गिक हिंसा कस्ता छन् भन्ने विषयमा सञ्चार अनुगमन गर्दै आएको छ।
काठमाडौँका सीडीओ छवि रिजाल पक्राउ
युद्धको असर सामना गर्न बेलायतसहितका देश सम्मिलित जी७ सक्रिय
थाइल्याण्डमा एसोसिएसन अफ नेपाली ओरिजिनको समिति गठन
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको अध्यक्षमा शोभा सुनुवार
बेलायत निवासी शुभ नेम्बाङ र काजी साम्युद्वारा पाँचथरको सत्यहाङमा माविमा ५ लाखको अक्षय कोष स्थापना
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
यस्तो छ नेपालको १५ सदस्यीय नयाँ मन्त्रिपरिषद्
दुर्गा थापाको नेतृत्वमा एनआरएनए लक्जेम्बर्ग गठन
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ