मुम्बई ।बलिउड अभिनेता अमिताभ बच्चन र छाेरा अभिषेक बच्चनमा पनि काेराेना भाइरस पुष्टि भएकाे छ । बच्चनले आफ्नाे आधिकारिक ट्वीटर र फेसबुक मार्फत आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । ७७ वर्षका उनी उपचारका लागि मुम्बईकाे नानावती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
‘आज (शनिबार) साँझ मलाई कोरोना पोजिटिभ भएको छ । अस्पताल भर्ना भएको छु । अस्पतालले सम्बन्धित निकायलाई खबर गरिसकेको छ,’ अमिताभले आफ्नो पाेस्टमा लेखेका छन्, ‘मेरो परिवारका सदस्य र स्टाफको पनि परीक्षण गरिएको छ । नतिजा आउन बाँकी छ ।’ उनले पछिल्लो १० दिनमा आफू र आफ्नो परिवारको सम्पर्कमा आएकालाई पनि परीक्षण गराउन आग्रह गरेका छन् ।
अमिताभ पछिल्लो पटक सुजीत सरकारको ‘गुलाबो सिताबो’मा देखिएका थिए । कोरोना महामारीका कारण यो फिल्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको थियो । उनी रियालिटी शो ‘कौन बनेगा करोडपति’को १२ सिजनको होस्टका रुपमा पनि देखिँदै थिए । शनिबार साँझ काेराेना परीक्षण गर्दा अमिताभलाई काेराेना देखिएपछि अभिषेककाे पनि काेराेना परीक्षण गर्दा उनमा काेराेना पाेजिटिभ देखिएकाे हाे ।
अभिषेकलाई कोरोना
अभिषेकले ट्वीट मार्फत आफूलाई काेराेना देखिएपछि अस्पताल भर्ना भएकाे लेखेका छन् । अभिषेकले शनिबार बुवा अमिताभ र आफूमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै सामान्य लक्षण मात्रै देखिएको बताएका छन् । आफूहरुले आवश्यक प्रक्रिया पूरा गरेको र परिवारका अन्य सदस्य र कर्मचारीको परीक्षण भइरहेको पनि उनले बताएका छन् । उनले सबैलाई शान्त रहन आग्रह गर्दै नआत्तिन अपिल पनि गरेका छन् ।
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
इरान–अमेरिका वार्ता निष्कर्षविहीन
पूर्वकुलपति काइँलालाई ५ लाख राशीको ‘पहिचान सम्मान’, ५० हजार राशिको पुरस्कार गीलु रातोसलाई प्रदान
मध्यपूर्वमा चर्किएको द्वन्द्वलाई नियन्त्रणमा ल्याउने प्रयासस्वरूप पाकिस्तानमा अमेरिका–इरान वार्ता
पर्वत समाज यूकेको च्यारिटी डिनर कार्यक्रम सम्पन्न, झण्डै १४ हजार पाउन्ड संकलन
उद्यमीबाट सभामुखसम्मको डोलप्रसाद अर्यालको राजनीतिक यात्रा
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
एनआरएनए यूकेका पूर्वउपाध्यक्ष कँडेल महान्याधिवक्तामा नियुक्त