अमेरिका । संयुक्त राज्य अमेरिकामा निजी क्षेत्रका कम्तीमा ४० लाख श्रमिकको कटौती गरिएको वासिङ्टन पोष्टले लेखेको छ । अमेरिकामा यस पहिलेका व्यापक मन्दीका समयमाभन्दा पनि कोरोना महामारीका समय अमेरिकी निजी क्षेत्रका श्रमिकहरूको पारिश्रमिक कटौती कम्तीमा पनि दोब्बरको सङ्ख्यामा भएको सिकागो बेकर फ्रेठम्यान इन्स्टिच्युटका श्रम बजारबारे विश्लेषण गर्दै आएका अर्थशास्त्रीहरूलाई उद्धृत गर्दै वासिङ्टन पोष्टले लेखेको छ ।
पारिश्रमिक कटौती खासगरी श्वेत अमेरिकीहरूले चलाएका उद्योगहरूमा बढ्दो क्रममा रहेको छ । अमेरिकी श्रम बजारमा देखिएको यो अवस्थालाई हेर्दा अमेरिकी अर्थतन्त्रमा गहिरो आर्थिक सङ्कट तथा मन्द सुधारको सङ्केत मान्न सकिने उल्लेख छ । महामारीका कारण अमेरिकामा ६० लाखभन्दा बढी श्रमिकले पूर्णकालीन रोजगारीको चाहाना राख्दाराख्दै पनि आंशिक रूपमा काम गर्नुपर्ने अवस्थामा पुगेका पनि अमेरिकी श्रम मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।
“मेरो शुक्रबार छुट्टि छ तर मलाई पैसाको आवश्यकताका कारण मैले काम गर्न चाहन्छु, न्यू जसीका डेनिज लेजीले भने । उनले भने, “मैले कामगर्ने एअर कन्डिसनसम्बन्धि व्यवसायिक संस्थाले मलाई मेरो साप्ताहिक पारिश्रमिकमा ७२० अमेरिकी डलरबाट घटाएर ५७६ अमेरिकी डलर बनाइएको छ ।” उनले भने । महामारीका कारण अमेरिकामा पारिश्रमिक कटौतीको सामना गर्ने एक प्रतिनिधि पात्र हुन ।
उनले भने, “वेतन कटौती अत्यधिक असामान्य बनेको छ । फर्महरूले सामान्यतया प्रशासनिक चुनौतीहरूको सामना गर्नेभन्दा पारिश्रमिक कटौतीलाई सहज समाधानका रूपमा लिएको पाइन्छ ।” पत्रिकाका अनुसार केही व्यवसायले ५–५० प्रतिशत पारिश्रमिक कटौती गरी कम्पनी वा फर्ममा आश्रित कर्मचारीलाई धान्ने चलाखीपूर्ण निर्णयहरू गरेका छन् ।
गत वर्ष श्रम क्षेत्रमा ठूलो लाभ आर्जन गरेको अमेरिकामा महामारीका कारण देखिएको आर्थिक प्रभाबप्रति अर्थशास्त्रीहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
श्रम बजारका विज्ञ तथा स्मिट फ्युचर्सका आर्थिक अनुसन्धान प्रवन्धक मार्था गिम्बेलले भने “हामीलाई रोजगार वृद्धिको मामिलामा तेस्लाको मानव संशाधनको प्रमुखले विश्वव्यापी सङ्कटको क्रममा देखिएकोे पारिश्रमिक कटौतीलाई ‘साझा बलिदान’ भनेर चित्रण गरे । दुबै साना र ठूला कम्पनीहरूले भुक्तानी काटिरहेका छन् ।
पोष्टसँगको सहकार्यमा तयार एक तथ्याङ्कमा साना व्यवसायको लगभग एक तिहाइले र कामदारको तलब वा घण्टा कम्तीमा १० प्रतिशतले कटौती गरिएको पाइएको तेस्लाका गुस्टोले भने “थोरै गति देख्न लामो समय लाग्यो तर पछिल्लो अवस्थाले फेरि झस्काएको छ ।”
अध्ययन अनुसार कम्तीमा एक कामदारको पारिश्रमिक कटाउने व्यवसायहरू ९।५ प्रतिशत रहेका छन् भने २२ प्रतिशतले कामगर्ने समयलाई कटौती गरेका छन् ।
अमेरिकामा तलब घटाउने कम्पनीहरूको सूचीमा जनरल मोटर्स, बजफिड न्यूज, ओक्सिडेंटल पेट्रोलियम, एचसीए हेल्थकेयर, मास जनरल ब्रिघम, तेस्ला, सोथेबीलगायत रहेका छन् । “तलब कटौतीका कारण उच्च पारिश्रमिक भएका मजदुरहरुको लागि पुनर्भरण गर्न गाह्रो हुने देखिन्छ,” इन्डिड हाएरिङ ल्याबका अनुसन्धान निर्देशक निक बन्करले भने ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी