साओपाओलो । ब्राजिलमा कोरोना भाइरसको महामारीबाट ज्यान जानेको संख्या ५३ हजार नाघेको जनाइएको छ ।
बुधबार प्राप्त समाचारअनुसार ब्राजिलमा कोरोनाबाट ज्यान जाने व्यक्तिको संख्या ५३ हजार ५५३ हजार ८३० जना पुगेको छ ।
सो समाचारमा यहाँ दैनिक कम्तीमा पनि एक हजार जनाको यस प्रकोपबाट ज्यान गएको छ । बुधबार मात्र यहाँका १ हजार १८५ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँ ४२ हजार ७२५ जना नयाँ संक्रमित थपिएका बताइएको छ । यो समेतगरी यहाँका नयाँ संक्रमितको संख्या ११ लाख नाघेको छ ।
बुधबारमात्र प्राप्त भएको समाचारमा ब्राजिलमा नयाँ संक्रमितको संख्या ११ लाख ८८ हजार ६३१ जना पुगेको छ । सो कुरा ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको हो ।बुधबारसम्मको जानकारी अनुसार यहाँको सरकारले गएको तीन दिनदेखि दिनमा एक हजारभन्दा बढी नागरिकको ज्यान गएको बताएको छ । लगातार तीन दिनसम्म एक हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको देखिएको हो ।
ब्राजिलको साओ पाओलो सहर सबैभन्दा बढी प्रभावित सहर हो । यहाँमात्र बुधबार ९ हजार भन्दा बढी संक्रमित भेटिएका बताइएको छ । ब्राजिल अमेरिकापछि विश्वमै सबैभन्दा बढी मानिस संक्रमित हुने र मृत्यु हुने देशमा पर्दछ ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?