
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया तथा प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी)ले महिला कल्याणकारी कोष स्थापना गर्ने भएको छ । १७ जुनमा सम्पन्न बैठकले महिलाहरुको आर्थिक पाटोलाई सपोर्ट गर्नको लागि संघको छुट्टै महिला कल्याणकारी कोषको स्थापना गर्न प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो। सो क्षेत्रका महिला संयोजक अमृता थापाको संजकत्वमा जुम प्रबिधिमा गरिएको बैठकमा एनआरएनए उपाध्यक्ष रबिना थापा, महिला संयोजक भूमा लिम्बुको बिशेष उपस्थिति रहेको थियो।
त्यसैगरी राष्ट्रिय समन्वय परिषदहरु जापानकी महिला संयोजक संघिता अधिकारी सुबेदी, कोरियाकी महिला संयोजक सुभद्रा पालुङवा, मकाउकी महिला संयोजक सर्मिला राइ, चाइनाकी महिला संयोजक सबिता बर्तौला, थाइल्याण्डकी महिला संयोजक मेघा चन्द उपस्थित रहेको थियो । बैठकमा संघको उपाध्यक्ष रविना थापाले संघका गतिबिधि, महिला बिभागको स्वरुप र संरचना अनि कामहरुबारे जानकारी गराइन ।
महिला संयोजक भूमा लिम्बुले महिला र बालबालिकाहरुको अवस्था र उनीहरुको लागि आवश्यक कार्यक्रमबारे बताए । बैठकले नेपालमा कोभिड- १९ का क्वारेण्टिनमा सुरक्षा, नीजि हाइजिन, दैनिक जीवनका गतिबिधि सहज बनाउन महिलाहरुको लागि छुट्टै क्वारेण्टिनको ब्यबस्था हुनुपर्ने निष्कर्ष सहित माग राखेको छ। त्यसैगरी मेन्टल हेल्थ, डोमेष्टिक भायोलेशन लगायतका विषमा पनि छलफल र निर्णय भएका छन्। एनसीसी थाइल्याण्डकी महिला संयोजक मेघा चन्दले मेन्टल हेल्थ अवार्नेशको प्रोजेक्टको संयोजन गर्ने निर्णय गरिएको छ। डोमेष्टिक भायोलेशन, यौन उत्पीडन संबन्धित प्रोजेक्ट एनसीसी जापानकी महिला संयोजक संघिता अधिकारी सुवेदीले संयोजन गर्ने निर्णय गरिएको छ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’