
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया तथा प्रशान्त क्षेत्रका राष्ट्रिय समन्वय परिषद (एनसीसी)ले महिला कल्याणकारी कोष स्थापना गर्ने भएको छ । १७ जुनमा सम्पन्न बैठकले महिलाहरुको आर्थिक पाटोलाई सपोर्ट गर्नको लागि संघको छुट्टै महिला कल्याणकारी कोषको स्थापना गर्न प्रक्रिया अगाडी बढाउने निर्णय गरेको हो। सो क्षेत्रका महिला संयोजक अमृता थापाको संजकत्वमा जुम प्रबिधिमा गरिएको बैठकमा एनआरएनए उपाध्यक्ष रबिना थापा, महिला संयोजक भूमा लिम्बुको बिशेष उपस्थिति रहेको थियो।
त्यसैगरी राष्ट्रिय समन्वय परिषदहरु जापानकी महिला संयोजक संघिता अधिकारी सुबेदी, कोरियाकी महिला संयोजक सुभद्रा पालुङवा, मकाउकी महिला संयोजक सर्मिला राइ, चाइनाकी महिला संयोजक सबिता बर्तौला, थाइल्याण्डकी महिला संयोजक मेघा चन्द उपस्थित रहेको थियो । बैठकमा संघको उपाध्यक्ष रविना थापाले संघका गतिबिधि, महिला बिभागको स्वरुप र संरचना अनि कामहरुबारे जानकारी गराइन ।
महिला संयोजक भूमा लिम्बुले महिला र बालबालिकाहरुको अवस्था र उनीहरुको लागि आवश्यक कार्यक्रमबारे बताए । बैठकले नेपालमा कोभिड- १९ का क्वारेण्टिनमा सुरक्षा, नीजि हाइजिन, दैनिक जीवनका गतिबिधि सहज बनाउन महिलाहरुको लागि छुट्टै क्वारेण्टिनको ब्यबस्था हुनुपर्ने निष्कर्ष सहित माग राखेको छ। त्यसैगरी मेन्टल हेल्थ, डोमेष्टिक भायोलेशन लगायतका विषमा पनि छलफल र निर्णय भएका छन्। एनसीसी थाइल्याण्डकी महिला संयोजक मेघा चन्दले मेन्टल हेल्थ अवार्नेशको प्रोजेक्टको संयोजन गर्ने निर्णय गरिएको छ। डोमेष्टिक भायोलेशन, यौन उत्पीडन संबन्धित प्रोजेक्ट एनसीसी जापानकी महिला संयोजक संघिता अधिकारी सुवेदीले संयोजन गर्ने निर्णय गरिएको छ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी