काठमाडौँ । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीको कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए ।
सभ्यता शर्मा (१०) र एलिस कार्की (१२)ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए ।
कार्यक्रममा औरुस लम्साल, टीया आचार्य, अभिराजथिवी, अश्मी अधिकारी, दिलाशा शर्मा, जयान मोहम्मद सैयद, कृती, तिमल्सिना, कृतिका राउत, कृष्णा थापा, निर्भिक अर्याल, लियाना अहमद, प्रसिद्ध पन्त, साक्षी भट्टराई, शैलेश शर्मा, सियोअन थापा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङ, आयुषा कँडेल, सभ्यता शर्मा, एलिश कार्कीलगायतले कोरोना कहरको अनुभव सुनाए ।
दुई दर्जनभन्दा बढी बालबालिका सहभागी उक्त कार्यक्रममा वर्ष पाँचदेखि १२ सम्मका भाइबहिनीको रमाइलो छलफल रहेको थियो । सबैभन्दा कम उमेरकी युभरानी गुरुङ पाँच वर्षकी हुन् ।
बालबालिकाले सो कार्यक्रममा आफूले कोरोनाको कारणले भोग्नुपरेका समस्या, आफ्नो दैनिकीमा आएका परिवर्तनका बारेमा एकापसमा छलफल गर्दै भविष्यमा भएका उनीहरुका योजनाका बारेमा पनि सबैमाझ प्रस्तुत गरेका थिए । सो कार्यक्रमको संयोजन गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा सञ्जीव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सैयदले गरेका थिए । सो कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घको आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी