मस्कट । नेपाली राजदूतावास ओमानले कोभिड १९ को संक्रमणका कारण असहज भएका कारण स्वदेश फर्किनु पर्ने नेपालीहरुलाई नाम दर्ताको लागि आग्रह गरेका छ । ९ जुन २०२० मंगलबार नेपाली राजदूतावास ओमानले जारी गरको सूचनाअनुसार स्वदेश फर्कनु पर्ने नेपालीहरुले तोकिएको मापदण्ड अनुरुप प्राथमिकताका आधारमा ७ दिन भित्रको कोरोना टेस्टको रिपोर्ट सहित नाम टिपाउन आग्रह गरेको हो ।
ओमानबाट नेपाल फर्कने नेपालीहरुको पहिलो उडान १५ जुन २०२० मा हुनेछ। स्वदेश फर्कनको लागि भाडा प्रतिव्यक्ति १ सय १५ ओमानी रियल तोकिएको कुरा पनि सूचनामा उल्लेख गरिएको छ । नेपाल फर्किन चाहने नेपालीहरुले कोभिड १९ को पिसिआर टेष्टको रिपोर्टअनुसार फ्लाइट हुने भएकोले सो रिपोर्ट तयार गर्न समेत भनेको छ।
नेगेटिभ रिपोर्ट आउनेहरुले सलाम एयरको कस्टमर सर्भिस सेन्टरको नम्बर २४२७२२२२ मा सम्पर्क गरि जानकारी लिएर टिकेट खरिद गर्नुपर्नेछ। त्यसैगरी थप जानकारी लिनुपरेमा भने ७१५९२४९० या ७१५९२५०६ अथवा ७१५३०८४० मा सम्पर्क गर्नको लागि भनिएको छ।
नेपालीहरुलाई स्वदेश फर्कनको लागि नेपाली महामाहिम राजदुत र दूतावासको ठूलो योगदान रहेको कुरा गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए । प्रवक्ता क्षेत्रीकाअनुसार पहिलो फ्लाइट जुन १५ मा हुनेछ। यो फ्लाइटबाट नेपाल पुगेका र परिक्षण पछि नेगेटिभ रिपोर्ट आएकाहरुले घर जान पाउने छन्। तर उनीहरुले स्वदेश गएर दुई साता सेल्फ आइसोलेशनमा बस्नु पर्नेछ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार