लण्डन । विश्वभर कोभिड–१९ ले सिर्जना गरेको डर, चिन्ता र भयलाई सकारात्मक सोचले हटाउन सक्ने मनोक्रान्तिका संस्थापक डा. योगी बिकाशानन्दले बताएका छन् । आइतबार ६ जुनका दिन अल्डरसट इम्पावरमेन्ट ग्रुप युकेले आयोजना गरेको ‘लाईव वेलनेस’ कार्यक्रममा डा. योगीले, नकारात्मक सोचले डर पैदा गराउने बताउदै, डर पैदा भएमा मुन्टो र आँखा माथि गर्ने, स्वासक्रियालाई विस्तारै तान्ने र विस्तारै छाड्नु पर्नेमा जोड दिए ।
त्यस्तै, उनले ताजा तरकारी,फलफूल, हर्बल टी सेवन गर्ने र दिनमा दुई छाक मात्रै खाना खानु पर्नेमा समेत जोड दिए । साथै, उनले योगासनमा सूर्य नमस्कार र अगाडि झुकेर गर्ने आशनहरुले मस्तिष्कलाई फाईदा पुग्नुका साथै सकारात्मक सोचको बिकास गर्ने विश्वास व्यक्त गरे । जुम प्रविधि अन्तर्गत करीब ५० जनामा उपस्थिति रहेको उक्त भर्चुअल कार्यक्रममा डा. योगीले अहिलेको कोभिड–१९ को अवस्थामा रोग प्रतिरोधात्मक क्षमतालाई वृद्धि गर्नुपर्ने सुझाव दिदै दिनमा ७ देखि ९ घण्टा सुत्ने र कम्तिमा १० मिनेट घाम ताप्न समेत आग्रह गरे । त्यस्तै, उनले नियमित रुपमा योग, ध्यान, प्राणायम गर्नुका साथसाथै बालवच्चाहरुले गर्ने व्यवहार गर्नुपर्ने सुझाव दिए ।
एनआरएनए युकेको सहकार्यमा आयोजित कार्यक्रममा अल्डरसट इम्पावरमेन्ट ग्रुपका संयोजक मान गुरुङ र मनोक्रान्तिका प्रवर्तक नगेन्द्र राज नेम्बाङ्गले डा योगी लगायत सबै सहभागीहरुलाई धन्यवाद दिए । एनआरएनए युकेकी अध्यक्ष पुनम गुरुङ लगायत बेलायतवासी नेपालीहरुको सहभागीता रहेको उक्त भर्चुअल कार्यक्रममा सहभागीहरुले विभिन्न सुझावहरु समेत दिएका थिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा