काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दैनिक ३ हजारदेखि ३ हजार ५ सय नेपालीहरु स्वदेश फर्काउन सकिने निष्कर्ष निकालेको छ । एनआरएनए कोभिड -१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शुक्रबारको वैठकले उक्त निष्कर्ष निकालेको हो । संघका अध्यक्ष कुमार पन्तले नेपाल सरकारलाई दैनिक ३ हजार ५ सय नेपाली फर्काउन सुझाब सहितको सिफारिस गरेकाका छन । संघका अध्यक्ष पन्तको अध्यक्षतामा बसेको वैठकले नेपाली फर्काउन सरकारी र नीजि विमान प्रयोग गर्न समेत नेपाल सरकारलाई सुझाव दिएको छ ।
‘नेपाल फर्किने नेपालीहरुले जहाज भाडा भने आफै तिर्नुपर्नेछ, अध्यक्ष पन्तले भने, ‘यसरी स्वदेश फर्किने नेपालीहरुले त्रिभुवन विमानस्थलमा पुगेपछि सिधै होटलमा लगिनेछ । नेपालीहरुले क्षमता अनुसारको होटल छान्न पाउनेछन ।’ होटलहरुमा खानेकुरा र शुल्क नेपाल सरकारले तय गर्ने समेत बताइएको छ ।
परराष्ट्र् मन्त्रालयले तयार परेको सुची अनुसार विदेशबाट नेपालीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ । आगामी सातादेखि वैदेशिक रोजगारमा आएका नेपाली नागरिकहरुलाई नेपाल सरकारले क्रमश फर्काउने छ । जसमा महिला, केटाकेटी, वर्कपरमिट सकिएका, अलपत्र परेकाहरु र वेरोजगार लगायतकालाई पहिलो प्राथमिकतामा राखेर फर्काउने मापदण्ड सरकारले तय गरेको छ ।संघका अध्यक्ष पन्तले विदेशस्थित नेपालीहरुलाई केही दिन धर्य गर्न समेत आग्रह गरेका छन ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी