एजेन्सी । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या तीन लाख ६२ हजार ३६८ पुगेको छ भने सङ्क्रमितको सङ्ख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
कोरोना भाइरसबाट बिरामी परेका २५ लाख ९२ हजार २४ जना निको भएका छन् भने २९ लाख ६५ हजार ८४२ उपचाररत छन् । तीमध्ये ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणले अमेरिका सबैभन्दा बढी प्रभावित छ ।
डब्ल्युएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ । यस महामारीबाट अमेरिकामा १ लाख ३ हजार ३३० जनाको मृत्यु भएको छ ।
यसैगरी, दक्षिण अमेरिकामा ७ लाख ५८ हजार १०७ जना कोरोना सङ्क्रमित भएका छन् भने ३६ हजार ७४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार ११९ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने १ लाख ७१ हजार ८२९ को मृत्यु भएको छ ।
एसियामा १० लाख ५६ हजार ६९० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २९ हजार २२० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७६० जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने ३ हजार ८१४ जनाको मृत्यु भएको छ ।
ओसियानामा ८ हजार ७७४ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?