अहमदाबाद । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण भारतको गुजरात राज्यमा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित गरिएका छन् । कोरोनाको सङ्क्रमण फैलिन लागेपछि सरकारले देशव्यापी लकडाउन घोषणा गरेकाले उनीहरुको विवाह स्थगित भएको हो ।
पछिल्लो दुई महिनामा मात्रै यति धेरै वैवाहिक कार्यक्रम स्थगित भएको वैवाहिक कारोबार गराउने संस्थाहरुले जनाएका छन् । “गुजरात प्रदेशभरीमा मात्रै पछिल्लो दुई महिनामा मात्रै कम्तीमा तीस हजार विवाह स्थगित भएका छन्,” होटल तथा रेस्टुरेन्ट एसोसिएसन गुजरातका प्रवक्ताले भने ।
प्रवक्ता अभिजित देशमुखका अनुसार मार्च र अप्रिल नै विवाहका धेरै कार्यक्रम हुने महिना भएपनि धेरै विवाह स्थगित भएका छन् । तर कतिपय युवा युवतीले भने सरकारको मापदण्डलाई पालना गर्दै यस अवधिमा पनि विवाह गरेका छन् ।
सरकारले ५० जना मात्रै मानिस सहभागी गराएमा र आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाएमा मात्रै वैवाहिक कार्यक्रम गर्न दिने व्यवस्था गरेको छ । सरकारले यही १८ मे देखि लकडाउनलाई केही खुकुलो बनाएको भएपनि वैवाहिक कार्यक्रमका लागि भने गाह्रो नै रहेको व्यवसायीहरुको भनाइ छ ।
“मानिसहरुले अहिले धमाधम वैवाहिक कार्यक्रम स्थगित गर्दै अर्को लगनको प्रतीक्षा गरेका छन्, अब डिसेम्बर र जनवरीमा मात्रै विवाह हुनसक्ने देखिएको छ,” एक व्यवसायीले भने । सरकारले लागू गरेको मापदण्ड पूरा गरेर निकै कम जोडीले मात्रै विवाह गरेका छन् । अति बाध्यात्मक अवस्थामा रहेका बाहेक अधिकांशले प्रतीक्षा नै गरेको पाइएको छ ।
आफ्नो विवाहको फोटो र भिडियोमा मुखमा मास्क लगाएको, हातमा पञ्जा लगाएको र आफन्तहरुको न्यून सहभागिता भएको कसले चाहन्छ र ? त्यसैले अत्यावश्यक बाध्यता परेका बाहेक अन्यले प्रतीक्षा गरेको हुनसक्ने वैवाहिक कार्यक्रम गराउने व्यवसायीहरुको भनाइ छ ।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?