लण्डन । विगत तीन सातादेखि हराइरहेका नेपालका लागि पूर्व बेलायती राजदुत रिचर्ड मोरिसको खोजीका लागि नयाँ तस्वीर प्रहरीले सार्वजनिक गरेको छ ।
बीबीसीका अनुसार बेलायतको गुप्तचर प्रहीले नयाँ तस्वीर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ तस्वीर नेपालमा खिचिएको छ ।
बेलायतका तर्फबाट फिजीको हाइकमिश्नर भएर यही जुलाईबाट कार्यभार सम्हाल्ने तयारीमा रहेका मोरिस यही मे ६ तारिखदेखि बेलायतमा आफ्नो घर नजिकबाटै हराइरहेका छन् । उनी दौड्न निस्किएको बताइएको छ ।
प्रहरीले स्थानीय एलिस हल्ट जंगलमा जाने मानिसहरुलाई सचेत रहन भनेको छ । उनको खोजी सोही क्षेत्रमा गरिएको थियो । ५० जनाको टोलीमा खोजविन टोलीका विज्ञहरु, प्रहरीको कुकुर, घोडा तथा ड्रोनको समेत प्रयोग गरिएको थियो ।
पूर्वी ह्यामसायर प्रहरीका इन्सपेक्टर आलेक्स रेडिङले इलिस होल्ट जंगल र नजिकैको इसिंगटन रोडमा नियमित रुपमा जाने मानिसहरुलाई सतर्क रहन अनुरोध गरेका छन् ।
५२ वर्षीय तीन सन्तानका पिता मोरिसले दौड्न निस्कँदा नीलो कमिज, कालो हाफपाइन्ट र नीलो जुत्ता लगाएको बताइएको छ । श्वेत वर्ण उनको अनुहारमा जन्मजात रातो दाग रहेको छ ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा