काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसीको नेपाली भाषा प्रवर्धन उपसमितिले नेपाली मुलका बालबालिकाहरुलाई लक्षित गरि नैतिक शिक्षा पुस्तक प्रकाशित गर्ने भएको छ।
शनिबार बसेको उपसमितिको बैठकले प्रस्तावित नैतिक शिक्षा पुस्तक तयार पार्न विज्ञहरुलाई जिम्मा दिने निर्णय गरेको छ। सोमबार उपसमितिका संयोजक कृष्ण लामिछानेको अध्यक्षतामा बसेको बैठकले संसारका धेरै देशहरुमा नेपालीहरु पुगिसकेको र आफ्ना बालबालिकाहरुलाई नेपालको धर्म, संस्कृति, संस्कार अनुसारको शिक्षा दिन जरुरी रहेको निष्कर्ष निकाल्दै शिक्षामा एकरुपता ल्याउनका लागि पुस्तक प्रकाशित गर्ने निर्णय गरेको हो।
बैठकमा पाठ्यपुस्तक तयारीका लागि सल्लाह सुझाव दिनका लागि विज्ञ, इच्छुकहरुलाई आव्हान गर्ने निर्णय भएको छ। बैठकमा निवर्तमान कोषाध्यक्ष तथा भाषा साहित्य प्रवर्धन समितिका अध्यक्ष हिक्मत थापा, सल्लाहकारहरु डा चिन्तामणि योगी, बुद्धिसागर घिमिरे लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो।
नैतिक शिक्षा पुस्तक प्रकाशनका लागि हालसम्म भएका गतिबिधिका बारेमा संयोजक लामिछानेले जानकारी गराएका थिए। अहिले बिभिन्न देशमा रहेका नेपाली समुदायले आफ्नो अनुकुलतामा नैतिक शिक्षाको पाठ्यसामग्री तयार गरेर पठनपाठन गर्दै आएको पाइएको छ। अब ती सबैलाई जोडेर एकरुपता दिनुपर्नेमा बैठकका सहभागीहरुको जोड रहेको थियो।
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
नेपालका १०१ पर्यटकीय गन्तव्य पुस्तकमा, कुन-कुन समेटिए ?
‘परान’ चलचित्रमा बा र छोराबीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु : निर्देशक आचार्य
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती