लण्डन । बेलायतमा क्रियाशील नेपाल वेलफेयर सोसाइटी युकेले स्याङ्जामा आज राहत वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका-७ मा सो राहत वितरण गरिएको थियो । अति विपन्न ४० घरधुरीलाई एक महिनासम्म धान्न पुग्ने राहत वितरण गरिएको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए ।
राहत वितरण वडाध्यक्ष विश्वेश्वर रेग्मी र सोसाइटीकी स्थानीय प्रतिनिध रंजु सुन्दासले गरेका थिए ।
राहत वितरणका क्रममा आयोजना गरिएको एक भर्चुअल कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले नेपालमा विपन्न वर्गलाई राहत पुर्याउन पहल गरेकाेमा सोसाइटीको प्रसंशा गरिन् । उनले नेपालमा काेराेना भाइरसबाट जनतालाई सुरक्षित राख्न विभिन्न संघ संस्था र व्यक्तिहरुले गरेको कार्यको सराहना गर्दै महामारीका बेला मूल्य वृद्धि नगर्न पनि आग्रह गरिन् ।
सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास मन्त्रालयका डा बुद्धि नेपाली, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, वडाध्यक्ष विश्वेश्वर रेग्मी, समाजसेवी रंजु सुन्दास लगायतले संक्षिप्त मन्तब्य दिएका थिए । कार्यक्रमको सन्चालन एनआरएनए युकेका सचिव जीत रानाभाटले गरेका थिए ।
सोसाइटीले यसअघि उदयपुर र चितवनमा राहत वितरण गरिसकेको छ । अध्यक्ष सार्कीले सातवटै प्रदेशमा राहत वितरण गर्ने योजना रहेको बताए ।
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा