लण्डन । बेलायतमा क्रियाशील नेपाल वेलफेयर सोसाइटी युकेले स्याङ्जामा आज राहत वितरण गरेको छ ।
पुतलीबजार नगरपालिका-७ मा सो राहत वितरण गरिएको थियो । अति विपन्न ४० घरधुरीलाई एक महिनासम्म धान्न पुग्ने राहत वितरण गरिएको सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीले जानकारी दिए ।
राहत वितरण वडाध्यक्ष विश्वेश्वर रेग्मी र सोसाइटीकी स्थानीय प्रतिनिध रंजु सुन्दासले गरेका थिए ।
राहत वितरणका क्रममा आयोजना गरिएको एक भर्चुअल कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेकी अध्यक्ष पुनम गुरुङले नेपालमा विपन्न वर्गलाई राहत पुर्याउन पहल गरेकाेमा सोसाइटीको प्रसंशा गरिन् । उनले नेपालमा काेराेना भाइरसबाट जनतालाई सुरक्षित राख्न विभिन्न संघ संस्था र व्यक्तिहरुले गरेको कार्यको सराहना गर्दै महामारीका बेला मूल्य वृद्धि नगर्न पनि आग्रह गरिन् ।
सोसाइटीका अध्यक्ष धनबहादुर सार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय विकास मन्त्रालयका डा बुद्धि नेपाली, नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष नरेश खपाङ्गीमगर, वडाध्यक्ष विश्वेश्वर रेग्मी, समाजसेवी रंजु सुन्दास लगायतले संक्षिप्त मन्तब्य दिएका थिए । कार्यक्रमको सन्चालन एनआरएनए युकेका सचिव जीत रानाभाटले गरेका थिए ।
सोसाइटीले यसअघि उदयपुर र चितवनमा राहत वितरण गरिसकेको छ । अध्यक्ष सार्कीले सातवटै प्रदेशमा राहत वितरण गर्ने योजना रहेको बताए ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने