क्यानबेरा (रासस–एपी) । अस्ट्रेलियाका व्यापार मन्त्री साइमन बर्मिङघमले चीनसँग अस्ट्रेलियाले व्यापार युद्ध गर्न नचाहेको स्पष्ट गर्नु भएको छ ।
उहाँले बेइजिङले कोरोनाभाइरसको अनुसन्धानका नाममा अस्ट्रेलियाली जौको आयातमा करवृद्धि गरेकामा आपत्ति जनाउनुभयो । विश्व व्यापार संगठनका नियम समेतलाई बेवास्ता गर्दै चीनले अस्ट्रेलियाली जौमा ८० प्रतिशतभन्दा बढी करवृद्धि गरेको अस्ट्रेलियाको आरोप छ । करवृद्धि गरेसँगै अस्ट्रेलियाली जौको चीन निर्यात लगभग ठप्प भएको छ ।
चीनले अस्ट्रेलिया सरकारले जौको उत्पादनमा किसानलाई ठूलो मात्रामा अनुदान दिएको आरोप लगाएको छ । उत्पादन लागतभन्दा न्यून मूल्यमा अस्ट्रेलियाली जौ चिनियाँ बजारमा बिक्री हुने गरेको चीनले बताएको छ ।
चीनले गतसाता मात्र अस्ट्रेलियाका चार ठूला उद्योगबाट गाईको मासुको आयात रोकेको थियो । व्यापार मन्त्री बर्मिङघमले भन्नुभयो, “हामी चीनसँग व्यापार युद्ध गर्न चाहन्नौं । हामी प्रतिशोधको नीति अबलम्बन गर्ने पक्षमा छैनौं । हामी व्यापार नियमलाई अनुशरण गर्न प्रतिबद्ध छौं ।”
मन्त्री बर्मिङघमले चीनले विश्व व्यापार संगठनका नियमहरुको प्रयोग गर्दा तथ्य र कानुन दुबैमा गल्ती गरिरहेको बताउनुभयो । उहाँले अस्ट्रेलियाले स्वीकृत नियम विपरीत सामान भण्डार नगरेको पनि स्पष्ट गर्नु भयो ।
कोरोनाभाइरसको महामारीको उत्पत्तिका बारेमा अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय छानबिन गर्नुपर्ने भनाई सार्वजनिक गरेसँगै दुबै देशबीच व्यापार सम्बन्धमा तनाबको स्थिति उत्पन्न भएको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले कोविड–१९ नियन्त्रणमा भइरहेको विश्वव्यापी पहलमाथि विस्तृत मूल्याँकन गर्न चीन तयार रहेको बताउनुभएको छ । उहाँले यस्तो मूल्याँकनका लागि विश्व स्वास्थ्य संगठनको अग्रसरतामा वैज्ञानिक र व्यावसायिक दृष्टिकोण अपनाउन आह्वान गर्नु भएको छ ।
अस्ट्रेलियास्थित चिनियाँ दूतावासले मंगलबार एक विज्ञप्ति प्रकाशन गरी विश्व स्वास्थ्य संगठनको प्रस्तावमा अन्तर्राष्ट्रिय छानबिनको कुरा नआएको सन्दर्भमा अस्ट्रेलिया सरकारले माग गर्नुको कुनै अर्थ नरहने स्पष्ट गरेको छ ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी