लण्डन । मेडिस्टोनमा नेपालीहरुको कारमा श्रंखलावद्ध रुपमा गरिएको आगजनीको अनुसन्धान गरिरहेका प्रहरीहरुले सो घटना संलग्नहरुलाई फेला पार्न नसकेको बताएका छन् ।
युके नेपाल मैत्री संघको पत्रको जवाफ लेख्दै स्थानीय केन्ट प्रहरीका जिल्ला प्रमुख रे क्वीलरले घटनामा संलग्नहरुको पहिचान गर्न प्रहरीले नसकेको बताएका हुन् । घटनाको अनुसन्धान अनुभवी जासुस प्रहरी इन्सपेक्टरको सुपरीवेक्षणमा भएको उनले बताएका छन् ।
मेडिस्टोन बोरो काउन्सिलका प्रमुख कार्यकारी अधिकृत अलिसन ब्रुमको समेत हस्ताक्षर रहेको सो पत्रमा दुवै घटनाहरु जातीय घृणाका रुपमा अनुसन्धान गरिएको र पीडितहरुलाई सम्पर्क र सहयोग गरिएको बताइएको छ । “जिल्लाको कमाण्डरका रुपमा घटनाको दैनिक जानकारी जासुस प्रहरीहरुबाट पाउँछु र सबै आवश्यक अनुसन्धानहरु सकिएको छ” पत्रमा भनिएको छ ।
घटनाको अनुसन्धानका क्रममा सो क्षेत्रमा रहेका सिसिटीभीको अवलोकन, घरघरमै गई गरिएको सोधपुछ र समुदायसित मिलेर संदिग्ध व्यक्तिको पहिचान गर्ने कोसिस गरिएको प्रहरीले बताएको छ । “बृहत जाँचपडतालका वावजुद अहिलेसम्म कुनै शंकास्पद व्यक्ति फेला पार्न सकेको छैन” प्रहरीले भनेको छ ।
गत महिना मेडिस्टोनमा बसोबासरत दुई नेपालीको कारमा राति आगजनी गरिएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने