लण्डन । कोरोना महामारीको क्रममा विश्व स्वास्थ्य सङ्गठनले चालेको कदम र गतिविधिबारे स्वतन्त्र छानबिन हुने भएको छ ।
यूरोपेली संघले विश्व स्वास्थ्य सङ्गठनको साधारण सभामा सङ्गठनको भूमिकामाथि सवाल उठाउँदै छानबिनको माग गरेको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक डा. अद्नोम गेब्रेससले महामारीको क्रममा सङ्गठनको जवाफदेहितासम्बन्धमा गरिएको आलोचनाको जवाफ दिने क्रममा उक्त घोषणा गरेका हुन् । यद्दपि आफ्नो बचाव गर्दे उनले स्वास्थ्य सङ्गठनले नियमित र सुरुवाती अवस्थामा नै महामारीबारे विश्व समुदायलाई सचेत गराएको दावी गरे ।
यूरोपेली संघको प्रस्तावको स्वागत गर्दै महानिर्देशक गेब्रेससले सदस्य राष्ट्रलाई विश्वासमा लिएर विश्व स्वास्थ्य सङ्गठनको भूमिकाबारे छानबीन गर्न स्वतन्त्र समिति छिट्टै गठन गरिने बताए ।
साधारण सभालाई सम्बोधन गर्दै उनले भने, “विगतले शिक्षा दिन्छ, छिट्टै नै समिति गठन गरेर आएको निस्कर्षबाट विगतकाे अनुभवले दिने सन्देशबाट सिक्ने तथा कमीकमजोरीलाई विश्वव्यापी महामारीको बेला तयारी र जवाफदेहिताको सन्दर्भमा राम्रो गर्ने अवसर जुराउनेछन् । ”
कोरोना भाइरस पहिलोपटक चीनको वुहान शहरमा फेला परेको थियो । सङ्क्रमण फैलन नदिन विश्व स्वास्थ्य सङ्गठनले समयमै उपयुक्त कदम नचालेको भन्दै उसको आलोचना हुँदैआएको छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?