लण्डन । ग्राजुएट इन्टरपेनर्स नेप्लीज सोसाईटी (जेन्स) यूकेले गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको कोभिड-१९ राहत कोषमा आर्थिक सहयोग प्रदान गरेको छ ।
बेलायतमा कोरोना संक्रमणबाट प्रभावित नेपालीहरुलाई सहयोग गर्न एनआरएनए यूकेले गठन गरेको कोभिड -१९ राहत कोषमा ५ सय ५ पाउण्ड आर्थिक सहयोग प्रदान गरेको हो । जेन्स यूकेका अध्यक्ष तिलक भट्टराईले सोमबार एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठलाई उक्त रकम हस्तान्तरण गरेका थिए । लगत्तै, परिषद् अध्यक्ष श्रेष्ठले जेन्स यूकेको मानवीय सेवाभाव प्रति उच्च सम्मान रहेको जनाए ।
जेन्स यूकेका अध्यक्ष तिलक भट्टराईले एनआरएनए यूके संग सहकार्य गरी कोरोना प्रभावित समक्ष राहत पुर्याउने कार्यमा भौतिक सहयोग गर्न पनि तयार रहेको जानकारी दिए । ‘महामारीबाट नेपाली समुदायलाई बचाउन गरिने सहयोगमा सामाजिक संघ संस्थाहरु सँग सहकार्य गरी अघि बढन हामी तयार छौं’, जेन्स यूकेका अध्यक्ष भट्टराईले भने, ‘यस दुखद घडीमा सम्पूर्ण संघ सस्थाहरु एकैसाथ मिलेर अगाडी बढे मात्रै धेरै भन्दा धेरै कोरोना प्रभावित व्यक्तिहरु समक्ष राहत पुर्याउन सकिन्छ ।’
जेन्स यूके अहिले नेपाल तथा यूकेमा आई टि तथा ई-कमर्स क्षेत्रमा लगानी गरी नेपाली यूवायूवतीहरुका लागी रोजगार सिर्जना गर्ने कार्य गर्दै आईरहेको छ । सो रकम अध्यक्ष भट्टराई, राजेन्द्र भण्डारी, श्याम खत्री, दिपक गैरे, गणेश थापामगर, राम थापा, सुर्य बिक्रम केसी, राजेन्द्र खस, शालिकराम सापकोटा, लेखनाथ गैरे, मैना शर्मा, लक्ष्मण पाण्डे, विष्णु चोङवाङ, भरतमनी लिम्बु, डा. मुकुन्द बास्तोला, ललित न्यौपाने, किशोर लिम्बु लगायतको सहयोगमा जम्मा गरिएको थियो ।
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने