काठमाडौँ । बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ३३१ पुगेको छ ।
यसअघि कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या २४५ रहेकोमा थप ८६ जना थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३३१ पुगेको हो ।
बहराइनस्थित नेपाली राजदूतावासले दिएको जानकारीअनुसार बहराइनमा तीन हजार ९७३ जनामा कोरोना सङ्क्रमित भएका छन् ।
बहराइनमा कोरोनाको कारण १२ जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर अवस्थामा रहेको दूतावासले बताएको छ । सङ्क्रमणबाट निको भई २७ सय ६२ डिस्चार्ज भएका छन् ।
बहराइनमा रहेका नेपालीलाई अनलाइनमार्फत आफनो विवरण भर्न दूतावासले आग्रह गरेको छ । बहराइनले ७ अप्रिल २०२० बाट लागु हुनेगरी बहराइनमा अवैधानिक रुपमा बिना कागजात कार्यरत कामदारका लागि वैधानिक हुन वा बहराइन छोड्न ३१ डिसेम्बरसम्म माफी दिने निर्णय गरेको छ ।
बहराइन सरकारले सङ्क्रमण रोकथाममा थप प्रभावकारी बनाउन सङ्क्रमितले क्वारेनटाइन अवज्ञा गरेको पुष्टि भएमा ३ महिनासम्म जेल सजाय वा १० हजार बहराइन मुद्रा जरिवाना हुने कानुनी प्रावधान ल्याएको छ ।
सङ्क्रमण नियन्त्रणमा नआउँदासम्मका लागि पाँच जना वा सो भन्दा कम सङ्ख्या मात्र भेला हुन पाउने व्यावस्था गरिएको छ ।
पार्क तथा सार्वजनिक स्थलमा घुमघाम गर्न निषेध गरिएको छ । दूतावासले बहराइनमा रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोधसमेत गरेको छ ।
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
नेपाल मगर महिला संघको आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न, अध्यक्षमा चित्रकला छन्त्याल श्रीस मगर
लन्डनमा प्यालेस्टाइन समर्थकको प्रदर्शन, ५०० भन्दा बढी पक्राउ
भारतीय प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
नेपालमा लगानीको लागि अभिप्रेरित गर्न विश्वमा छरिएर रहेका नेपालीहरूलाई राष्ट्रपति पौडेलको आग्रह
नेपाल पत्रकार महासङ्घ र सञ्चारमन्त्री तिमिल्सिनाबीच सरकारी विज्ञापनसम्बन्धी छलफल
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त