
अमेरिका । दिवेश पोखरेल (अर्थर गन) अमेरिकी लोकप्रिय रियलिटी शो ‘अमेरिकन आइडल’ को उप-विजेता बनेका छन्। फाईनलमा प्रतियोगी जस्ट सामले पछि पारेपछि उपविजेतामा चित्त बुझाउनु परेको हो ।
गत १६ फेब्रुवरी २०२० बाट शुरु भएको सिजन १८ को सो रियलिटी शो मा दिवेशले उत्कृष्ट प्रस्तुति दिदै आएका थिए। उनलाई सामाजिक संजालमा संसारभरबाट नेपालीले भोटिङ गरी समर्थन गरेका थिए । उनका गीत लोकप्रिय भएकै कारण यहाँ सम्मको यात्रा सहज पार गर्दै आएका थिए ।
दिवेशले आइतबार सम्पन्न उपाधिका लागि फाइनल राउन्डमा ग्याबिन डिग्राको २००३ मा रिलिज भएको पप गीत ‘आई डोन्ट वान्ट टु बी’ र सन १९७० मा लोकप्रिय पेण्डुलम एल्बमको ‘ह्याब यु एभर सीन दि रेन’ भन्ने रक गीत गाएका थिए।
कोभिड–१९ को संक्रमणका कारण अमेरिकन आइडलको फाइनलमा प्रतियोगीहरुले आ(आफ्नो घरबाटै प्रस्तुति दिएका थिए। अमेरिकी आईडलको निर्णायक मण्डलका रुपमा गायिका केटी पेरी, ल्युक ब्रायन,लियोनेल रिची,रायन सिक्रेष्ट र बबी बोन्स रहेका थिए।
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?