
अमेरिका । दिवेश पोखरेल (अर्थर गन) अमेरिकी लोकप्रिय रियलिटी शो ‘अमेरिकन आइडल’ को उप-विजेता बनेका छन्। फाईनलमा प्रतियोगी जस्ट सामले पछि पारेपछि उपविजेतामा चित्त बुझाउनु परेको हो ।
गत १६ फेब्रुवरी २०२० बाट शुरु भएको सिजन १८ को सो रियलिटी शो मा दिवेशले उत्कृष्ट प्रस्तुति दिदै आएका थिए। उनलाई सामाजिक संजालमा संसारभरबाट नेपालीले भोटिङ गरी समर्थन गरेका थिए । उनका गीत लोकप्रिय भएकै कारण यहाँ सम्मको यात्रा सहज पार गर्दै आएका थिए ।
दिवेशले आइतबार सम्पन्न उपाधिका लागि फाइनल राउन्डमा ग्याबिन डिग्राको २००३ मा रिलिज भएको पप गीत ‘आई डोन्ट वान्ट टु बी’ र सन १९७० मा लोकप्रिय पेण्डुलम एल्बमको ‘ह्याब यु एभर सीन दि रेन’ भन्ने रक गीत गाएका थिए।
कोभिड–१९ को संक्रमणका कारण अमेरिकन आइडलको फाइनलमा प्रतियोगीहरुले आ(आफ्नो घरबाटै प्रस्तुति दिएका थिए। अमेरिकी आईडलको निर्णायक मण्डलका रुपमा गायिका केटी पेरी, ल्युक ब्रायन,लियोनेल रिची,रायन सिक्रेष्ट र बबी बोन्स रहेका थिए।
धादिङबाट त्रिशूलीमा बस खस्दा कम्तीमा १७ जनाको मृत्यु, २४ घाइते
बङ्गलादेश दूतावासमा मनाइयो अन्तरराष्ट्रिय मातृभाषा दिवस
निर्वाचनले परिर्वतनको अपेक्षा पूरा गर्नेछ : पूर्वप्रमुख निर्वाचन आयुक्त डा यादव [अन्तर्वार्ता]
सहाराले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि
हिटलरको घर अब प्रहरी चौकी
बेलायतमा ५.२ प्रतिशत बेरोजगारी, श्रम बजारमा दबाब
नेपाल सरकारद्वारा म्यान्मार सरकारलाई तीन लाख ५० हजार अमेरिकी डलर सहयोग प्रदान
नेपाली सेना दिवसको अवसरमा लन्डन दूतावासमा विशेष समारोह
एनआरएनए यूकेले चन्दा उठाएर नेपाल पठायो विद्यार्थी विवेकानन्द मण्डलको शव
बेलायतवासी आङ्बुहाङको काठमाडौंमा रहेको जग्गा नक्कली धनीपुर्जा बनाएर बेच्न खोज्ने तीन पक्राउ