फार्नवरो । ग्रेटर रशमोर नेपाली कम्युनिटीको प्रोजेक्ट भीसी कुलबीर थापाको सालिक निर्माणार्थ इन्टेक २००० द्वारा १ हजार १ सय ६० पाउण्ड आर्थिक सहयोग प्रदान भएको छ । शुक्रबार स्थानीय रशमोर बरो काउन्सिलको प्रांगणमा ग्रेटर रशमोर नेपाली कम्युनिटीका अध्यक्ष रामधन राईलाई इन्टेक २००० डव्लुओवन (आरएसएम) गिरी लिम्बुले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा ग्रेटर रशमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेलबासे, सल्लाकार एवं प्रोजेक्ट संयोजक मेजर खिम गौचन, सल्लाहाकार टाम ढेगा, कोषाध्यक्ष टोप पल्ली र इन्टेक २००० का सारजन तथा इन्टेक सेक्रेटरी आनन्द राईसमेतको उपस्थिति रहेको महासचिव प्रमिला राईले जनाइन् ।
सो चेक हस्तान्तरण कार्यक्रममा कोरोना भाइरस (कोभिड- १९) संक्रमणबाट सर्तक रहन सरकारको निर्देशिका अनुसार सामाजिक दूरीलाई बिशेष ध्यान दिइएको थियो । गोर्खा मेरोरियल प्रोजेक्ट र ग्रेटर रशमोर नेपाली कम्युनिटीले दाताप्रति आभार व्यक्त गरेका छन् ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा