भियन्ना । नेपालको भूमी अतिक्रमण गरी सडक निर्माण गर्ने भारतीय कदमको विरोध गर्दै एनआरएनए अष्ट्रियाले यहाँस्थित दूतावासमा विरोध पत्र दिएको छ । गैरआवासीय नेपाली संघको निर्देशन अनुसार एनआरएनए एनसीसी अष्ट्रियाले भियन्नास्थित भारतीय राजदूतावासमा ईमेलद्वारा विरोध पत्र पठाएको हो ।
भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भई भारतको यस कदमको विरोध गर्दै संघले विज्ञप्ति प्रकाशित गरेको थियो ।
गैरआवासीय नेपाली संघले विश्वभरका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आ आफ्नो मुलुकको भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाउन निर्देशन दिए लगत्तै भियन्नामा विरोध पत्र दिइएको हो । संघको निर्देशन अनुरुपको बिरोध पत्र भारतीय राजदुतावासमा ईमेलद्वारा पठाएपछि एनआरएनए एनसीसी अष्ट्रियाकी महासचिव भवानी तिवारीले पत्रकोप्रति सहित १४ मे जानकारी गराइन् ।
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल