भियन्ना । नेपालको भूमी अतिक्रमण गरी सडक निर्माण गर्ने भारतीय कदमको विरोध गर्दै एनआरएनए अष्ट्रियाले यहाँस्थित दूतावासमा विरोध पत्र दिएको छ । गैरआवासीय नेपाली संघको निर्देशन अनुसार एनआरएनए एनसीसी अष्ट्रियाले भियन्नास्थित भारतीय राजदूतावासमा ईमेलद्वारा विरोध पत्र पठाएको हो ।
भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भई भारतको यस कदमको विरोध गर्दै संघले विज्ञप्ति प्रकाशित गरेको थियो ।
गैरआवासीय नेपाली संघले विश्वभरका सबै राष्ट्रिय समन्वय परिषदहरुलाई आ आफ्नो मुलुकको भारतीय राजदुतावासमा ज्ञापन पत्र बुझाउन निर्देशन दिए लगत्तै भियन्नामा विरोध पत्र दिइएको हो । संघको निर्देशन अनुरुपको बिरोध पत्र भारतीय राजदुतावासमा ईमेलद्वारा पठाएपछि एनआरएनए एनसीसी अष्ट्रियाकी महासचिव भवानी तिवारीले पत्रकोप्रति सहित १४ मे जानकारी गराइन् ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द