
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले भारतद्धारा नेपाली भूभाग लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरिएकोकोमा विरोध गरेको छ ।
एनआरएनए यूकेद्धारा बुधबार जारी विज्ञप्तीमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको विरोध गरेको हो । यसअघि गैरआवासीय नेपाल संघ अन्तर्राष्ट्र्यि परिषद् अध्यक्ष कुमार पन्तले विज्ञप्ती जारी गरी कडा विरोध गरेका थिए । बिज्ञप्तीमा भारतले नेपाली भूमि लिम्पियाधुराको प्रयोग गर्दै तिब्बतको मानसरोवरसम्म पुग्ने सडक निर्माण गरेको प्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।
सीमासम्बन्धी अन्तर्राष्ट्रिय कानुनको उल्लंघन गर्दै नेपाली सार्वभौमिकतामाथि ठाडो हस्तक्षेप भएको ठहर एनआरएनए यूके छ । नेपाली सीमामा हुदै आएको भारतीय गतिविधि बन्द गर्न माग गर्दै एनआरएनए यूकेले नेपाल सरकारलाई सीमासम्बन्धी विवाद कूटनैतिक तथा उच्च राजनैतिक माध्यममार्फत समाधानको पहल गर्न सुझाएको छ । विज्ञप्तीमा नेपाल सरकारले उठाउने सीमा सम्बन्धी बिषय कदममा साथ रहेको उल्लेख गरिएको छ । विज्ञप्तीमा एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले हस्ताक्षर गरेका छन ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा