लण्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट निधन हुनेमा कम दक्षहरु कामदारहरु बढी रहेको देखाएको छ । बेलायतस्थित राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कम दक्षता भएका व्यक्तिहरु कोरोना संक्रमणबाट निधन भएको अंग्रेजी पत्रिका द सनले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणबाट निधन हुनेहरुमा प्रायजसो ट्याक्सी चालक, पसलमा कार्यरत मजदूर, होटल वा रेस्टुरेन्टको सेफ र सेक्युरिटी गार्डहरु रहेका छन् । तीमध्ये पुरुष सेक्युिरिटी गार्ड अरुको तुलनामा पाँच गुणा बढी उच्च जोखिममा रहेको बताइएको छ । यस्तैगरी, बस र कोच चालकमा अरुमा भन्दा दुई गुणा बढी संक्रमण रहेको तथ्यांकले देखाएको छ ।
कोरोना संक्रमणमा पर्नेमा अन्य कम दक्ष कामदारहरुमा निर्माण क्षेत्र र सरसफाइमा काम गर्नेहरु अरुभन्दा चार गुणा बढी जोखिममा छन् ।
बेलायतमा कम दक्ष नेपाली कामदारहरु अधिकांश क्लिनिङ र सेक्युरिटी उद्योगमा काम गर्ने गर्दछन् । अरु कामभन्दा सजिलो र लामो कार्यअवधिका कारण पैसा राम्रै पाइने भएकाले यी क्षेत्र आकर्षण बनेका हुन् ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?