
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लकडाउनमा रहेका बालकालिकाहरुका लागि चित्रकला प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एनआरएनए यूकेले बेलायत सरकारले लकडाउन घोषणा गरेपछि घरमै रहेका बालबालिकालाई चित्रकला प्रतियोगिता आयोजना गर्न लागेको हो । यसका लागि २५ मे भित्र अनलाईन मार्फत आवेदन दिन एनआरएनए यूकेले आग्रह गरेको छ । यो प्रतियोगितामा सहभागिताका लागि बालबालिकालाई आव्हान समेत गरिएको छ ।
प्रतियोगितामा प्राथमिक तह र माथिल्लो तहमा चार चार गरी ८ जना उत्कृष्ट वाल चित्रकारहरुलाई पुरस्कृत गर्ने एनएनआरएनए यूकेको योजना छ । उत्कृष्ट हुने मध्ये पहिलो पुरस्कार पाउने दुई जनालाई १ सय, दोस्रो पुरस्कार दुई जनालाई ५० पाउण्ड र प्रमाण पत्र, तेस्रो पुरस्कार दुई जनालाई २५ पाउण्ड र प्रमाण पत्र तथा चोथौ पुरस्कार दुई जनालाई १५ पाउण्ड र प्रमाण पत्र दिने घोषणा एनआरएनएले गरेको छ ।
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मा नियुक्त
सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
तमु समाज युकेको १९औँ वार्षिक साधारणसभा : के के भए निर्णय ?
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?