लण्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपिसिसि यूके) ले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको छ। कोरोना भाइरसबाट प्रभावित विद्यार्थीहरुलाई उनीहरु बसेकोको ठाउँमै खाद्यान्न उपलव्ध गराउदै राहत सहयोग वितरण गरेको हो ।
बेलायत सरकारले र्माचको अन्तिम साताबाट लकडाउन सुरु गरेपछि प्रभावित भएका विद्यार्थीहरुलाई एनपिसिसि यूकेले सहयोग बाडेको छ । एनपिसिसि यूकेका अध्यक्ष युवराज गुरुङले ‘युनिभर्सिटी अफ हडर्सफिल्ड’मा अध्ययनरत नेपाल विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरेको जानकारी दिए । उक्त युनिभर्सिटीमा अध्ययनरत करिब ५० जना विद्यार्थीहरुलाई सहयोग प्रदान गरिएको थियो । राहत सहयोग वितरणमा अध्यक्ष गुरुङ, उपाध्यक्ष सुवाश पोख्रेल, कोषाध्यक्ष नोर्बु शेर्पा र सह-महामन्त्री इन्द्र लिङ्ग्देनलगायत सहभागी भएका थिए ।
राहत कोषका लागि अध्यक्ष गुरुङसहित एनपिसिसि यूकेका पदाधिकारीहरु, सदस्यहरु र शुभेच्छुकहरुले नगद सहयोग गरेका थिए । जसमा एनपिसिसिका सुरज केसी, महेश दाहाल, नोर्बु शेर्पा, सुर्य तामाङ, आलेख चौहान, इन्द्रहाङ लिङ्ग्देन, तर्कजङ गुरुङ, केशब भण्डारी, विज्ञान प्रसाई, सुनिल गुरुङ, कोपिला सुब्वा, सन्जिब राई , शेर सुनार, रेशम बस्याल, राजन खकुराल, क्षमता ढकाल, विश्व आदर्श पण्डित, मोहन कार्की, रवि उप्रेती, रितेश पाण्डे, सुर्य नेम्बाङ, युवराज सिंह, नरकुमारी लिम्बु, भिमराज राई, चेतनाथ खनाल, बिनोद मोक्तान, इन्द्रमान गुरुङ, राजकुमार सुनार, प्रवेश केसी, रोमियन लिम्बु केसी लगायत छन् ।
कोरोना महामारीमा सहयोग गर्ने यूकेवासीलाई अध्यक्ष गुरुङले एनपीसीसी यूकेका तर्फबाट धन्यवाद दिए ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा