आइतबार, मंसिर २९, २०८२ | December 14, 2025
  • गृहपृष्ठ
  • समाचार
    • युके समाचार
    • वीनेपाली स्पेशल
    • खेलकुद
    • रंगमञ्च
  • दृष्टिकोण
  • हाम्रो नेपालमा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रोफाइल
  • अन्तर्वार्ता
  • मल्टिमिडिया

विश्वभरी कुल सङ्क्रमित संख्या ३७ लाख ५९ हजार, २४ घण्टामा ५४ सयको मृत्यु

वीनेपाली | २०७७ वैशाख २७ गते १३:०७

२७ वैशाख ९-रासस/एएनआई- विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ३७ लाख ५९ हजार ९६७ पुगेको छ । सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।
विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ५९ हजार ४७४ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह

नेपालमा थप चार मन्त्री नियुक्त

नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने

नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन

अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’

नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?

  • पछिल्ला
  • लोकप्रिय
  • बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
  • एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
  • नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
  • नेपालमा थप चार मन्त्री नियुक्त
  • बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
  • बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
  • बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्‍यापर स्यामुएको स्वीकार
  • दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
  • पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
  • नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
  • About Us
  • Contact Us
  • Privacy Policy
Editor
Naresh Khapangi
Sub-Editor
Pramila Labung Rai
WeNepali.com Ltd. Registered in England Registered No.: 8947559 Registered Address:
13 Bondfield Walk Dartford, Kent DA1 5JS

© २०१२-२०२२, सर्वाधिकार वीनेपाली डट कममा सुरक्षित