बुधबार, असार ३, २०८३ | June 17, 2026
  • गृहपृष्ठ
  • समाचार
    • युके समाचार
    • वीनेपाली स्पेशल
    • खेलकुद
    • रंगमञ्च
  • दृष्टिकोण
  • हाम्रो नेपालमा
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रोफाइल
  • अन्तर्वार्ता
  • मल्टिमिडिया

विश्वभरी कुल सङ्क्रमित संख्या ३७ लाख ५९ हजार, २४ घण्टामा ५४ सयको मृत्यु

वीनेपाली | २०७७ वैशाख २७ गते १३:०७

२७ वैशाख ९-रासस/एएनआई- विश्वभरी पछिल्लो २४ घण्टामा ८७ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भएका छन् । विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार दिएको जानकारीअनुसार कुल सङ्क्रमितको संख्या ८७ हजार ७२९ छ । योसँगै विश्वभरी अहिलेसम्म कुल सङ्क्रमितको संख्या ३७ लाख ५९ हजार ९६७ पुगेको छ । सोही अवधिमा थप ५४ सयभन्दा बढीको कोरोनाभाइरसकै कारण मृत्यु भएको पनि डब्लुएचओले जनाएको छ । डब्लुएचओका अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार ४२९ जनाको मृत्यु भएको हो ।
विश्वभरी अहिलेसम्म कोरोनाका कारण २ लाख ५९ हजार ४७४ जनाको मृत्यु भइसकेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।पछिल्लो विवरणअनुसार सवैभन्दा धेरै मृत्यु र संक्रमित अमेरिकामा भएका छन् । अमेरिकामा १३ लाख २२ हजार १६३ जना संक्रमित हुँदा ७८ हजार ६१६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये ३७८ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।
त्यसैगरी दोस्रो धेरै मृत्यु बेलायतमा भएको छ । बेलायतमा ३१ हजार २४१ जनाको मृत्यु भएको जनाएको छ । बेलायतमा संक्रमितको संख्या दुई लाख ११ हजार ३६४ रहेको छ । कोरोना भाइरसका कारण धेरै मानवीय क्षति भएका मध्ये इटलीमा ३० हजार २०१, स्पेनमा २६ हजार २९९, फ्रान्समा २६ हजार २३०, रुसमा एक हजार ७२३ जनाको मृत्यु भएको छ । धेरै मानवीय क्षति भएकाहरुमा जर्मनी, ब्राजिल, टर्की, इरानलगायतका देश पनि रहेका जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी

स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा

तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने

बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो

नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते

  • पछिल्ला
  • लोकप्रिय
  • नालापानी खलङ्गा किल्लाको लडाइँ
  • जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
  • फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
  • मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
  • बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
  • सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
  • बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
  • उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
  • नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
  • डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
  • About Us
  • Contact Us
  • Privacy Policy
Editor
Naresh Khapangi
Sub-Editor
Pramila Labung Rai
WeNepali.com Ltd. Registered in England Registered No.: 8947559 Registered Address:
13 Bondfield Walk Dartford, Kent DA1 5JS

© २०१२-२०२२, सर्वाधिकार वीनेपाली डट कममा सुरक्षित