लण्डन । नेपालमा सरकारले संस्कृति विषयलाई मात्र पठनपाठन गर्न स्वीकृति दिएको भन्दै नेपाल आदिबासी जनजाति महासंघ बेलायत (नेफिन युके) ले आपत्ति जनाएको छ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को २०७६ माघ २ मा बसेको बैठकले २०७७ को शैक्षिक सत्रदेखि कक्षा १ मा सँस्कृत पठनपाठन थाल्ने अनुमति दिएपछि नेफिन युकेले बिहीबार विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो।
“राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को यस निर्णयप्रति बेलायतमा रहेका सम्पूर्ण आदिवासी नेपाली जनजातिहरूको प्रतिनिधिमूलक साझा संगठन नेपाल आदिवासी जनजाति महासंघ युकेको गम्भीर ध्यानाकर्षण भएको छ”, – विज्ञप्तिमा उल्लेख छ।
“नेपालको संविधान, मौजुदा कानून र परिवर्तनको बर्खिलाप गर्दै शिक्षा मन्त्रालय र त्यसअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले संस्कृत विषयलाई मात्रै काखी च्यापेर नेपालका अरु भाषाहरूलाई ऐच्छिक विषयको रुपमा पठनपाठन गर्ने गराउने, मृतप्राय संस्कृति भाषालाई सबैभाषी विद्यार्थीहरूमाथि जबर्जस्ती लादने र एकल जातीय–नश्लीय–भाषिक पक्षपोषण गर्ने गराउने यसखाले कदमप्रति नेफिन युके घोर निन्दा गर्दछ” – विज्ञप्तिमा भनिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) ले गर्दा नेपालीले लकडाउनको सास्ती खेपिरहेको बेला विरोध नहोस् भन्ने बदनियत र षड्यन्त्रपूर्वक ढङ्गले यस विभेदकारी कदम चालिएको ठहर नेफिन युकले गरेको छ। नेपाल सरकार, शिक्षा मन्त्रालय, संसदको शिक्षा तथा खेलकुद समितिलाई अविलम्ब यो विभेदकारी कार्य सच्याउनका लागि पहलकदमी लिन र स्वयम् पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदबाट यो नाजायज कार्य रोक्न विज्ञप्तिमा आग्रह गरिएको छ।
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
बेलायतमा अरुले कमाउँछन्, म सेवा गर्छु : पुनम गुरुङ
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बिबिसीविरुद्ध १० अर्ब डलरको मुद्दा