अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले वैदेशिक रोजगारीमा आएका नेपालीहरुलाई क्वारेन्टाइनको व्यवस्थासहित नेपाल फर्काउन आग्रह गरेको छ । मंगलबार कन्फ्रेन्स वैठकमा वैदेशिक रोजगारीमा आएका नेपालीलाई फर्काउन पहलका लागि एनआरएनएमार्फत नेपाल सरकारलाई आग्रह गरिएको हो ।
विश्वभर रहेका नेपालीहरुलाई दैनिक जीवनयापनमा समस्या भए एनआरएनएमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विभिन्न देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) सँगको समन्वयमा दुखमा परेका नेपालीहरुलाई तत्काल राहत उपलब्ध गराउन महिला विभागले संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सँग सहयोगको अपेक्षा पनि गरेको छ ।
सवै एनसिसिहरुलाई नेपालीहरुलाई परेको समस्या तत्काल रिपोर्टिङ गर्न र सहयोगको वातावरण मिलाउन पनि अनुरोध गरेको छ । बैदेशिक रोजगारीमा आएका विश्वभरका नेपालीहरु जो नेपाल फर्किन चाहन्छन्, उनीहरुलाई जतिसक्दो छिटो आफ्नो देश फर्काउने वातावरण बनाउन गैरआवासीय नेपाली संघ, महिला विभागले नेपाल सरकारसँग माग गरेको छ ।
बैदेशिक रोजगारीमा आएका नेपाली फर्कदा संक्रमण भित्र्याउन नदिन नेपालका बन्द अवस्थामा रहेका होटलहरुलाई क्वारेन्टाइनमा प्रयोग गरि फर्केका नेपालीलाई राख्न सरकारलाई सुझाएको छ । साथै त्यस्ता नेपालीहरुका स्वास्थ्य जाँच गराएर एनआरएनए मार्फत नेपाल सरकारसँग आग्रह गरेको छ ।
महिला विभागको भिडियो कन्फ्रेन्स पहिलो वैठकमा एनआरएनए अभियन्ता रवीना थापा र भूमा लिम्बुले संयोजनकारी भूमिका निर्वाह गरेका थिए । एनआरएनए उपाध्यक्ष रवीना थापा महिला तथा यूवा विभागमा संयोजक छिन् भने एनआरएनए महिला विभागमा भूमा लिम्बु संयोजक छिन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी