अमेरिका । गैरआवासीय नेपाली संघ (एनआरएनए) महिला विभागले वैदेशिक रोजगारीमा आएका नेपालीहरुलाई क्वारेन्टाइनको व्यवस्थासहित नेपाल फर्काउन आग्रह गरेको छ । मंगलबार कन्फ्रेन्स वैठकमा वैदेशिक रोजगारीमा आएका नेपालीलाई फर्काउन पहलका लागि एनआरएनएमार्फत नेपाल सरकारलाई आग्रह गरिएको हो ।
विश्वभर रहेका नेपालीहरुलाई दैनिक जीवनयापनमा समस्या भए एनआरएनएमा सम्पर्क गर्न अनुरोध गरिएको छ । विभिन्न देशका राष्ट्रिय समन्वय परिषद (एनसीसी) सँगको समन्वयमा दुखमा परेका नेपालीहरुलाई तत्काल राहत उपलब्ध गराउन महिला विभागले संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) सँग सहयोगको अपेक्षा पनि गरेको छ ।
सवै एनसिसिहरुलाई नेपालीहरुलाई परेको समस्या तत्काल रिपोर्टिङ गर्न र सहयोगको वातावरण मिलाउन पनि अनुरोध गरेको छ । बैदेशिक रोजगारीमा आएका विश्वभरका नेपालीहरु जो नेपाल फर्किन चाहन्छन्, उनीहरुलाई जतिसक्दो छिटो आफ्नो देश फर्काउने वातावरण बनाउन गैरआवासीय नेपाली संघ, महिला विभागले नेपाल सरकारसँग माग गरेको छ ।
बैदेशिक रोजगारीमा आएका नेपाली फर्कदा संक्रमण भित्र्याउन नदिन नेपालका बन्द अवस्थामा रहेका होटलहरुलाई क्वारेन्टाइनमा प्रयोग गरि फर्केका नेपालीलाई राख्न सरकारलाई सुझाएको छ । साथै त्यस्ता नेपालीहरुका स्वास्थ्य जाँच गराएर एनआरएनए मार्फत नेपाल सरकारसँग आग्रह गरेको छ ।
महिला विभागको भिडियो कन्फ्रेन्स पहिलो वैठकमा एनआरएनए अभियन्ता रवीना थापा र भूमा लिम्बुले संयोजनकारी भूमिका निर्वाह गरेका थिए । एनआरएनए उपाध्यक्ष रवीना थापा महिला तथा यूवा विभागमा संयोजक छिन् भने एनआरएनए महिला विभागमा भूमा लिम्बु संयोजक छिन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा