लण्डन । सर्वसाधारणलाई धम्क्याएको आरोप लागेका बेलायतका व्यापार मन्त्री कोनर बर्न्सले पदबाट राजिनामा दिएका छन् ।
मन्त्री बर्न्समाथि उनका पिता संलग्न एक पारिवारिक लेनदेनको विषयमा सर्वसाधारणलाई धम्क्याएको आरोप लागेको थियो । सो आरोपमाथि संसदीय टोलीले छानविन गर्दा उनले आफ्नो पदको दुरुपयोग गरेको पाइएको थियो ।
उनलाई संसदबाट समेत एक साताका लागि निलम्बन गर्न सिफारिस गरिएको छ ।
बेलायती प्रधानमन्त्रीको कार्यालयले उनको स्थानमा पछि पदपूर्ति गरिने बताएको छ ।
मन्त्री बर्न्सले गत फेब्रुअरीमा उनको पितासित ऋण तिर्ने बारे विवादमा रहेका एक सर्वसाधारणलाई सांसदको लेटरप्याडमा पत्र लेखेका थिए । उनले छानविन समितिसित आफ्नो कार्यका लागि क्षमा मागेका छन् ।
नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सांसद रेखा शर्मा पक्राउ
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा