नयाँदिल्ली । कोरोनाभाइरस रोकथामका लागि मुलुकलाई लकडाउन गरिएका कारण भारतमा गत अप्रिल महिनामा समग्र औद्योगिक उत्पादनमा भारी गिरावट आएको छ ।
लकडाउनका कारण भारतका अधिकांश उद्योग प्रतिष्ठानहरु बन्द गरिएपछि यस्तो अवस्था सिर्जना भएको हो । मागमा व्यापक कमी आएपछि नयाँ व्यवसायहरु यस अवधिमा शुरु हुन पाएका छैनन् भने हाल सञ्चालनमा रहेका उद्योग व्यवसायबाट पनि व्यापक मात्रामा कर्मचारी कटौती गरिएका छन् ।
यहीबीच, उत्पादित वस्तुको मागलाई यथावत राख्न उद्योग प्रतिष्ठानहरुले लागत खर्च र उत्पादित सामग्रीको मूल्यमा पनि निकै कमी ल्याएका छन् । मार्च महिनामा ५१.८ विन्दुमा रहेको आइएचएस मार्किट इन्डिया म्यानुफ्याक्चरिङ पिएमआई अप्रिल महिनामा झण्डै आधाले घटेर २७.४ विन्दुमा झरेको छ ।
भारतमा मासिक पिएमआई गणना विगत १५ वर्षदेखिको तथ्याँक विश्लेषणका आधारमा हुने गरेको छ । पिएमआई गणनामा समाविष्ट विज्ञहरुको समूहले कलकारखानाहरु अस्थायी रुपमा बन्द गरिएका कारण उत्पादनमै कमी आएको बताएको छ । कलकारखाना र व्यवसायहरु सबैजसो बन्द गरिएका कारण अप्रिल महिनामा मागमा नराम्रो असर परेको हो । विगत अढाई वर्षयता पहिलोपटक नयाँ मागमा गिरावट आएको छ ।
भारतीय औद्योगिक सर्भेमै पहिलोपटक सबैभन्दा तीव्र गतिमा मागमा कमी आएको हो । अप्रिल महिनामा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि मागमा व्यापक कमी आएको छ । सन् २०१७ यता विदेश निर्यातमा पहिलोपटक सबैभन्दा कमजोर स्थिति देखिएको छ । मागमा कमी आएसँगै अप्रिलमा व्यापक कर्मचारी कटौती भएको छ । भारतीय आइएचएस पिएमआई भारतीय औद्योगिक क्षेत्रको सूचना विश्लेषण गर्ने प्रमुख सूचक हो ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी