एजेन्सीहरु । मलेसिया सरकारले सोमबारदेखि बन्दाबन्दी (लकडाउन) केही खुकुलो गर्ने भएको छ ।
पहिले जस्तो स्वतन्त्र रूपमा मानिसको आवातजावत वा भीडभाड नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउँदै लैजाने मलेसिया सरकारले तयारी गरेको जनाएको छ ।
त्यसो त मलेसिया सरकारले कोरोना सङ्क्रमण जोखिम रोकथामका लागि वैशाख ३० वा मे १२ तारिकसम्म लकडाउनको घोषणा यसअघि नै गरेको थियो । मलेसियामा कोरोना नियन्त्रण उन्मुख भएसँगै केही खुकुलो गराउने तयारी गरेको जनाइएको छ ।
नेपाली दूतावास मलेसियाका अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । जसमा दुई जना निको भएर फर्किएका छन् भने एक जना उपचारकै क्रममा रहेको र निजको अवस्था पनि सामान्य दूतावासले जनाएको छ ।
मलेसियामा कोरोना सङ्क्रमितमध्ये ७० प्रतिशतभन्दा धेरै निको भइसकेका छन् भने त्यहाँ अहिलेसम्म छ हजार १७६ जनाको कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये चार हजार ३२६ जना निको भएका छन् भने एक हजार ७४७ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०३ जनाको ज्यान गएको छ ।
स्कटल्यान्डलाई सुपरसिक्सको पहिलो जित
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा निधन
ग्लास्गो नेपाली एसोसिएसन स्कटल्यान्डको अध्यक्षमा रामप्रसाद कँडेल चयन
‘द ब्लू लाइट’ केवल हेर्ने फिल्म मात्र होइन, यो अनुभूत गर्ने सिनेमा हो : निर्देशक बलिराम चौहान [अन्तर्वार्ता]
अमेरिकामा भीषण आँधी : ११ हजार ४०० भन्दा बढी उडान रद्द