एजेन्सीहरु । मलेसिया सरकारले सोमबारदेखि बन्दाबन्दी (लकडाउन) केही खुकुलो गर्ने भएको छ ।
पहिले जस्तो स्वतन्त्र रूपमा मानिसको आवातजावत वा भीडभाड नभए पनि निश्चित मापदण्ड तोकेर बिस्तारै खुकुलो बनाउँदै लैजाने मलेसिया सरकारले तयारी गरेको जनाएको छ ।
त्यसो त मलेसिया सरकारले कोरोना सङ्क्रमण जोखिम रोकथामका लागि वैशाख ३० वा मे १२ तारिकसम्म लकडाउनको घोषणा यसअघि नै गरेको थियो । मलेसियामा कोरोना नियन्त्रण उन्मुख भएसँगै केही खुकुलो गराउने तयारी गरेको जनाइएको छ ।
नेपाली दूतावास मलेसियाका अनुसार मलेसियामा कार्यरत नेपाली श्रमिकमध्ये अहिलेसम्म तीन जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । जसमा दुई जना निको भएर फर्किएका छन् भने एक जना उपचारकै क्रममा रहेको र निजको अवस्था पनि सामान्य दूतावासले जनाएको छ ।
मलेसियामा कोरोना सङ्क्रमितमध्ये ७० प्रतिशतभन्दा धेरै निको भइसकेका छन् भने त्यहाँ अहिलेसम्म छ हजार १७६ जनाको कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये चार हजार ३२६ जना निको भएका छन् भने एक हजार ७४७ जनाको अस्पतालमा उपचार भइरहेको छ । मलेसियामा कोरोनाका कारण १०३ जनाको ज्यान गएको छ ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी