लण्डन । रुसमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित थपिएका छन् । रुसमा आइतबार दश हजार ६३३ जना नयाँ संक्रमित थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबारसम्म रुसमा संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ । बिहिबारसम्म उक्त संख्या एक लाख रहेको थियो । तीन दिनदेखि लगातार संक्रमित हुनेको संख्या बढ्ने क्रममा रहेको रुसी अधिकारीहरुले बताएका छन् । संख्या बढ्दै जाँदा रुस सातौं सबैभन्दा बढी संक्रमित हुने राष्ट्र बनेको छ ।
रुसी कोरोनाभाइरस सम्बन्धी सूचना अद्यावधिक गर्ने निकायका अनुसार आइतबारसम्म एक हजार २८० जनाको संक्रमणले मृत्यु भएको छ । रुसी अधिकारीहरुले नयाँ थपिएका ५० प्रतिशत संक्रमितमा कोभिड–१९ को संक्रमणका लक्षणहरु देखिएका छैनन् ।
कुल संक्रमितको पचास प्रतिशत संक्रमित राजधानी मस्कोमा मात्रै फेला परेको सीएनएनले उल्लेख गरेको छ । रुसमा आइसोलेश अवधि मई ११ सम्मलाई थप गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्रमित हुने क्रम अहिले नै स्थिर नहुने बताउनुहुँदै महामारीको उत्कर्ष रुसले भोग्न बाँकी नरहेको सचेत गराउनुभएको छ ।
समाचारमा अस्पतालमा कार्यरत स्वास्थ्य अधिकारीहरु भने रिसाएको उल्लेख गरिएको छ । क्वारेन्टाइनका लागि प्रयोग गर्न दुई दर्जन अस्पताल बन्द गरिएका छन् । रुसी स्वास्थ्य अधिकारीहरुले पर्याप्त व्यक्तिगत सुरक्षा उपकरणको अभाव समेत रहेको बताएका छन् ।
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
बेलायतसहित अन्तर्राष्ट्रिय बजारमा चलचित्र ‘पेन्सन पट्टा’
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी