लण्डन । रुसमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी कोरोनाभाइरसका संक्रमित थपिएका छन् । रुसमा आइतबार दश हजार ६३३ जना नयाँ संक्रमित थपिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
आइतबारसम्म रुसमा संक्रमितको संख्या एक लाख ३४ हजार ६८७ पुगेको छ । बिहिबारसम्म उक्त संख्या एक लाख रहेको थियो । तीन दिनदेखि लगातार संक्रमित हुनेको संख्या बढ्ने क्रममा रहेको रुसी अधिकारीहरुले बताएका छन् । संख्या बढ्दै जाँदा रुस सातौं सबैभन्दा बढी संक्रमित हुने राष्ट्र बनेको छ ।
रुसी कोरोनाभाइरस सम्बन्धी सूचना अद्यावधिक गर्ने निकायका अनुसार आइतबारसम्म एक हजार २८० जनाको संक्रमणले मृत्यु भएको छ । रुसी अधिकारीहरुले नयाँ थपिएका ५० प्रतिशत संक्रमितमा कोभिड–१९ को संक्रमणका लक्षणहरु देखिएका छैनन् ।
कुल संक्रमितको पचास प्रतिशत संक्रमित राजधानी मस्कोमा मात्रै फेला परेको सीएनएनले उल्लेख गरेको छ । रुसमा आइसोलेश अवधि मई ११ सम्मलाई थप गरिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संक्रमित हुने क्रम अहिले नै स्थिर नहुने बताउनुहुँदै महामारीको उत्कर्ष रुसले भोग्न बाँकी नरहेको सचेत गराउनुभएको छ ।
समाचारमा अस्पतालमा कार्यरत स्वास्थ्य अधिकारीहरु भने रिसाएको उल्लेख गरिएको छ । क्वारेन्टाइनका लागि प्रयोग गर्न दुई दर्जन अस्पताल बन्द गरिएका छन् । रुसी स्वास्थ्य अधिकारीहरुले पर्याप्त व्यक्तिगत सुरक्षा उपकरणको अभाव समेत रहेको बताएका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा