पोर्चुगल । पोर्चुगलको दक्षिणी क्षेत्र फारोभन्दा पाँच किमी टाढा बेलसामेल भन्ने ठाउँमा कृषि मजदुरको रूपमा कार्यरत धादिङ्ग जिल्ला निवासी तामाङ थर भएका एक नेपालीको दु:खद निधन भएको छ । ऊपचारकै क्रममा उनको निधन भएको हो । उनी फिल्डमै काम गर्दागर्दै सौचालय गएका थिए । तर अहिले सिजनको समयमा धेरै श्रमिक हुने र कृषि काममा सौचालय समेत ब्यस्त भएकोले नजिकै गई सौच गरेको र ऊठ्ने क्रममा रिंगटा लागेर ढुङ्गामा ठोक्किएर पल्टिन पुगी नजिकै सुकेको झारपात तथा अन्य फोहोर पोल्ने स्थानमा बलिरहेको आगोमा परेका थिए ।
घटना लगत्तै प्रत्यक्षदर्शी ले उनलाई उद्दार गरी एन्बुलेन्सलाई खबर गरेका थिए तर एम्बुलेन्स समेत आधा घन्टाभन्दा बढी समयपछि पुगेको जनाईएको छ। तत्काल हस्पिटलमा भर्ना गरी ऊपचारकै क्रममा उनको निधन भएको थियो । चिकित्सकका अनुसार उनी प्रेसरले लडेका र मस्तिस्कमा रगत समेत जम्न पुगेको जनाएको छ ।
मे १ संसारभर मजदुर दिवस मनाइरहेको दिन नेपाली मजदुरको परदेशी भूमिमा दु:खद निधनको खबरले आम पोर्चुगलबासी नेपालीहरुलाई स्तब्ध र दु:खी बनाएको छ।
उनकी अन्दाजी २२ वर्षीय छोरी पनि उनीसंगै पोर्चुगलमा बस्दै आएकी थिइन् । उनकी श्रीमती लगायत अन्य परिवारका सदस्य भने नेपालमै छन् । उनको मृत शरीरलाई परिवारले नेपाल पठाइदिन आग्रह गरेका छन् । तर कोरोना महामारी चलिरहेको जहाज पनि नचल्ने अवस्था रहेकोले पठाउन कठिनाई रहेको तर केही समयमा स्थिति सहज भए पठाउन पहल गरिने एनआरएनए क्षेत्रीय समितिका एक अगुवाले बताए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा